यूनाइटेड र अजोड इन्स्योरेन्सको शेयर कारोबार रोक्का, आइतबारदेखि एक हुँदै दुई कम्पनी

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले आइतबारदेखि दुई बीमा कम्पनीको शेयर कारोबार रोक्का गर्ने भएको छ । 

यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र अजोड इन्स्योरेन्स लिमिटेडको कारोबार रोक्का गर्न लागिएको नेप्सेका वरिष्ठ अधिकृत कुलचन्द्र रिजालले जनाएका छन् । 

Advertisement

यी दुई कम्पनीले आइतबारदेखि मर्ज भई यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका नाममा एकीकृत कारोबार गर्ने भएपछि साविकका कम्पनीको कारोबार रोक्का गर्न लागिएको हो । 

कम्पनी रजिष्ट्रारको कार्यालयबाट जेठ ८ गते र नेपाल धितोपत्र बोर्डबाट जेठ ९ गते एकीकृत कारोबारका लागि स्वीकृति प्राप्त गरेको जनाइएको छ । 

परिवर्तित संस्थाको नामबाट जेठ १४ गते आइतबारदेखि एकीकृत कारोबार गर्न लागे पछि दुबै संस्थाले कारोबार रोक्का राख्न जेठ १० गते नेप्सेमा आवेदन दिएका थिए । 

गत पुस २६ गते यी दुई संस्थाले मर्जर सम्बन्धी सम्झौता गरेका थिए । १००ः९० को शेयर अनुपातमा यी कम्पनी मर्ज हुन लागेका हुन् । यूनाइटेको हाल कायम चुक्ता पूँजी १ अर्ब २ करोड रुपियाँ र अजोडको हाल कायम चुक्ता पूँजी १ अर्ब रुपियाँ छ ।  

अजोड–युनाइटेड मर्जरः चौधरी समूहले सम्झौताविपरित सीईओ र अध्यक्ष दुवै माग्यो, एसके भित्रिए  

Advertisement

Advertisement