सम्पन्न हुने खालका उर्जा आयोजनामा मात्रै बजेट, ऊर्जा क्षेत्रको बजेट पनि घट्यो

Advertisement

काठमाडौं । सरकारले ऊर्जा क्षेत्रको विकासका लागि सिँचाइ, जलस्रोत तथा ऊर्जा मन्त्रालयतर्फ रु. ८७ अर्ब ४५ करोड बजेट विनियोजन गरेको छ ।

उक्त बजेट चालु आवको भन्दा २१ अर्ब रुपियाँले कम हो । अर्थमन्त्री प्रकाशशरण महतले सम्पन्न हुने खालका रणनीतिक आयोजनालाई मात्रै बजेट व्यवस्थापन गरेपछि भौतिक पूर्वाधार र ऊर्जा जस्ता विकासे मन्त्रालयको बजेट कटौती भएको हो ।

Advertisement

चालु आवका लागि ऊर्जातर्फ ७५ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यस्तै जलस्रोत तथा सिचाइ तर्फ ३३ अर्ब ५० करोड रुपैयाँ विनयोजन गरिएको थियो । 

सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०–८१ को बजेट तयार पारेको अर्थमन्त्री महतले बताए ।

Advertisement

Advertisement