विदेशबाट सुन ल्याउने मापदण्ड फेरियो, पुरुषलाई २५ र महिलालाई ५० ग्राम सुन ल्याउने सुबिधा

Advertisement

काठमाडौं। विदेशबाट फर्किने यात्रुले साथमा ल्याउन पाउने सुनको मापदण्ड फेरिएको छ । आर्थिक ऐन २०८० ले सामान ल्याउन पाउने मापदण्डलाई फेर्दै नयाँ मापदण्ड कायम गरेको छ । 

अब विदेशबाट फर्किने यात्रुले ल्याउने सुनमा पहिलो ५० ग्रामसम्म प्रचलित दर अनुसारको कर लाग्नेछ भने ५० ग्रामभन्दा बढीमा प्रचलित दर अनुसार भन्सारमा अतिरिक्त तीन प्रतिशत कर तिर्नु पर्नेछ । 

Advertisement

यसैगरी, पुरुषको हकमा २५ ग्रामसम्म र महिलाको हकमा ५० ग्रामसम्मको सुनको गहनामा कुनै महसुल लाग्ने छैन् । तर गहनाको आकार मात्रै दिइ ल्याइएको सुनलाई मान्यता दिइने छैन् ।

यसअघि महिला र पुरुषको हकमा एकै नियम रहेकोमा अहिले परिवर्तन गरिएको हो। यसैगरी भारतबाट नेपालमा विवाहका लागि नेपाल आउनेले भन्सार घोषणा गरी गहना ल्याउने व्यवस्था गरिएको छ । यस्ता गहना फिर्ता लैजान पाउने शर्तमा मात्रै ल्याउन दिइने छ।

यस्तो छ पहिलेको व्यवस्था:

यात्रुले ल्याउने मालवस्तु सम्बन्धमाः यात्रुले भन्सार महसुल छुटमा ल्याउन पाउने मालवस्तु बाहेक यात्रुले ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धी सूचना अनुसार विदेशबाट आफूसँग ल्याएको वा आफू आउनुभन्दा अघि वा पछि ल्याएको मालवस्तुमा दरबन्दी महसुल लाग्नेछ।

विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको सुन तथा सुनका गहनामा देहाय बमोजिम महसुल लाग्नेछः
(अ) सुनको हकमा:-
(क) पहिलो पचास ग्रामसम्म प्रति दश ग्राम नौ हजार पाँच सय रुपियाँ ।
(ख) पचास ग्रामभन्दा बढी थप पचास ग्रामसम्म प्रति दश ग्राम दश हजार पाँच सय रुपियाँ ।
 (आ) सुनको गहनाको हकमा:-

  1. पचास ग्रामसम्म सुनका गहनामा कुनै महसुल लाग्ने छैन ।
    (ख) पचास ग्रामभन्दा बढी थप सय ग्रामसम्म सुनका गहनामा प्रति दश ग्राम दश हजार पाँच सय रुपियाँ ।
    (ग) उपखण्ड (ख) मा तोकिएको परिमाणभन्दा बढी थप सय ग्रामसम्म सुनका गहनामा प्रति दश ग्राम बाह हजार रुपियाँ ।
  2. खण्ड (१) को उपखण्ड (अ) वा ( आ ) मा उल्लेख भएभन्दा बढी परिमाणमा सुन तथा सुनका गहना पैठारी गरेमा बढी भएको परिमाण जति जफत गरिनेछ ।
    विदेशी यात्रुले आफ्नो साथमा ल्याउन पाउने पचास ग्रामसम्म सुनको गहना र सय ग्रामसम्म चाँदीका गहना भन्दा बढी निजी प्रयोगका सुन तथा चाँदीका गहना पछि फिर्ता लैजाने गरी भन्सार बिन्दुमा घोषणा गरेमा त्यस्तो गहना परीक्षण गरी सो गहनाको मूल्यको बीस प्रतिशत रकम धरौटी राखी ल्याउन दिइनेछ ।

त्यसरी ल्याएको गहना निज यात्रु फिर्ता जाँदा भन्सार बिन्दुमा परीक्षण गराई त्यस्तो गहना ल्याउँदा राखेको धरौटी रकम फिर्ता लैजान सक्नेछ । त्यसरी परीक्षण गर्दा घोषणा गरे भन्दा फरक गुणस्तर तथा परिमाण भएको प्रमाणित भएमा भन्सार ऐन, २०६४ को दफा ५७ को उपदफा (१) बमोजिम कसूर गरेको मानी सजाय हुनेछ ।
यात्रुले ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धमा नेपाल राजपत्रमा प्रकाशित सूचनामा तोकिए बमोजिम नेपाली यात्रुले ल्याउने टेलिभिजनमा दरबन्दी
अनुसार महसुल लाग्नेछ ।

तर वैदेशिक रोजगारमा गई कम्तीमा लगातार बाह्र महिना काम गरी आउने नेपाली नागरिकलाई एक पटकको लागि अभिलेख राखी निजले साथमा ल्याएको एउटा जुनसुकै प्रकारको बत्तीस इञ्चसम्मको टेलिभिजनमा लाग्ने सम्पूर्ण कर महसुल छुट दिइनेछ । सो भन्दा बढी इञ्चको टेलिभिजन ल्याएमा उक्त छुट सुविधा दिइने छैन ।

फेरिएको व्यवस्था

(१) विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको सुन तथा सुनका गहनामा देहाय (अ) बमोजिम महसुल लाग्नेछः-

सुनको हकमा:
(क) पहिलो पचास ग्रामसम्म प्रचलित दर अनुसार लाग्ने महसुल।
(ख) पचास ग्रामभन्दा बढी थप पचास ग्रामसम्म प्रचलित दर अनुसार लाग्ने
महसुलको अतिरिक्त थप तीन प्रतिशत
(आ) सुनको गहनाको हकमा:
(क) पुरुषको हकमा पच्चीस ग्राम र महिलाको हकमा पचास ग्रामसम्म सुनका गहनामा कुनै महसुल लाग्ने छैन ।

उपखण्ड (क) मा उल्लेख भएको परिमाणभन्दा बढी थप एक सय
ग्रामसम्म सुनका गहनामा प्रचलित दर अनुसार महसुल लाग्नेछ ।
उपखण्ड (ख) मा उल्लेख भएको परिमाणभन्दा बढी थप एक सय ग्रामसम्म सुनका गहनामा प्रचलित दर अनुसार लाग्ने महसुलको अतिरिक्त थप तीन प्रतिशत महसुल लाग्नेछ ।
तर सामान्य गहनाको आकार
मात्रै दिएर बनाइएका बेरुवा औठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका वस्तुलाई उपखण्ड (क),

(ख) वा (ग) को प्रयोजनका लागि गहनाको रुपमा मान्यता दिइने छैन ।
(२) खण्ड (१) को उपखण्ड (अ) वा (आ) मा उल्लेख भएका बढी परिमाणमा सुन तथा सुनका गहना पैठारी गरेमा बढी भएको परिमाण जति जफत गरिनेछ ।

यात्रुले ल्याउने सुन तथा सुनका गहनाको भन्सार मूल्याङ्कन प्रयोजनका लागि हरेक महिनाको १ गते र १५ गते भन्सार विभागले अन्तर्राष्ट्रिय बजारबाट मूल्यसूची लिई भन्सार कार्यालयहरुमा उपलब्ध गराउनेछ । विदेशी यात्रुले आफ्नो साथमा ल्याउन पाउने पुरुषको हकमा पच्चीस ग्राम र महिलाको हकमा पचास ग्रामसम्म सुनको गहना र एक सय ग्रामसम्म चाँदीका गहना भन्दा बढी निजी प्रयोगका सुन तथा चाँदीका गहना पछि फिर्ता लैजाने गरी भन्सार बिन्दुमा घोषणा गरेमा त्यस्तो गहना परीक्षण गरी सो गहनाको मूल्यको बीस प्रतिशत रकम धरौटी राखी ल्याउन दिइनेछ । त्यसरी ल्याएको गहना निज यात्रु फर्कदा भन्सार बिन्दुमा परीक्षण गराई त्यस्तो गहना ल्याउँदा राखेको धरौटी रकम फिर्ता लैजान सक्नेछ । त्यसरी परीक्षण गर्दा घोषणा गरे भन्दा फरक गुणस्तर तथा परिमाण भएको प्रमाणित भएमा भन्सार ऐन, २०६४ बमोजिमको कारवाही हुनेछ ।

तर भारतबाट विवाह लगायतका सामाजिक कार्यमा आउने यात्रुले आफ्नो स्वः प्रयोजनका लागि ल्याउने गहना आफु फर्कंदा फिर्ता लैजाने शर्तमा भन्सार कार्यालयमा घोषणा गरी ल्याउन सक्नेछ ।

श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई फर्केका नेपाली नागरिकले ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धमा नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिमको देहायका मालवस्तुमा महसुल छुट दिइनेछः-

  1. लगातार कम्तीमा छ महिना काम गरी फर्केका त्यस्तो यात्रुले ल्याएको आफूले प्रयोग गरेको बाहेक एक थान सेलुलर मोबाइल फोन एक
    (ख) लगातार कम्तीमा बाह्र महिना काम गरी फर्केको
    त्यस्तो यात्रुले ल्याएको सामाजिक सुरक्षा कोषमा सूचीकृत भएकोमा जुनसुकै आकार वा प्रकारको र त्यस्तो कोषमा सूचीकृत नभएकोमा बत्तीस इञ्चसम्मको टेलिभिजन एक थान । तर यस खण्ड बमोजिमको सुविधा
    अभिलेख रहने गरी एक पटकको लागि मात्र दिइनेछ ।

Advertisement

Advertisement