ड्रोन क्यामेरामा भन्सार महशुल १० प्रतिशतले बढ्यो

Advertisement

काठमाडौं । सरकारले ड्रोन क्यामेराको भन्सार महशुल बढाएको छ । उक्त महशुल दश प्रतिशतले बढाइएको हो । 

विगतमा १० प्रतिशतमा कायम रहेको भन्सार महशुल बढाएर हाल २० प्रतिशत कायम गरिएको हो । 

Advertisement

नेपालमा ड्रोन क्यामेरा अनुमती लिएर मात्रै प्रयोग गर्न पाइने व्यवस्था छ । अनुमति लिएको संख्या र आयातको संख्या ठूलो अन्तर देखिदा नेपालमा भन्दा छिमेरी राष्ट्र भारततर्फ चोरी निकाशी भएको आशंका छ । हालसम्म ड्रोन आयात शंकास्पद मानिदै आएको छ  । ड्रोनको हिसाबकिताब नभेटिएपछि यसलाई शंकास्पद  मान्न थालिएको अवस्था छ ।

भन्सार विभागको तथ्यांक अनुसार नै ड्रोनको औषत मूल्य ३४ हजार पर्न आएको देखिन्छ । यसमा स्पष्ट न्यून बिजकीकरण देखिएको छ । नेपाली बजारमा भने ड्रोनको मूल्य दुई लाख भन्दा बढि नै राखिएको छ । विदेशी मुद्रा खर्च गरेर आयात गरिएको ड्रोनमा राजस्व छलीको शंकामा राजस्व अनुसन्धान विभागले अध्ययन पनि अघि बढाएको थियो ।

Advertisement

Advertisement