सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख १२ हजारमा कारोबार

Advertisement

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ हजार ५ सय रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ बढेको हो । 

आज सूनको मूल्य बढेसँगै हालसम्मकै उच्च रेकर्ड कायम भएको हो । 

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपियाँ र तेजावी सुनको प्रतितोला १ लाख ११ हजार ४५० रुपियाँमा कारोबार भइरहेको छ । 

यसअघि गत वैशाख २१ गते छापावाल सुन प्रतितोला एक लाख ११ हजार ८ सय रुपियाँमा कारोबार भई रेकर्ड कायम भएको थियो । 

यस्तै आज चाँदी प्रतितोला १ हजार ३९५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement