प्रमको दिल्ली भ्रमणमा थप हवाई रुट दिनेबारे कुरा उठाइने, प्रदीप अधिकारी पनि सहभागी

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको चार दिने भ्रमणमा नेपाललाई थप हवाइ रुट दिने बारे भारतीय पक्षसँग कुरा हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । 

सोही विषयमा कुरा हुने भएकाले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी मंगलबार नै नयाँ दिल्ली गएका छन् । प्राधिकरण स्रोतले नेपालको भैरहवा, नेपालगञ्ज, महेन्द्रनगरबाट हवाई रुट दुईतर्फी गर्ने विषयमा कुरा हुने र केही विषयमा सहमतिको संभावना रहेको जानकारी दिएको छ । 

Advertisement

अहिले भारतीय आकाशबाट आउने विमानहरु सिमराबाट मात्रै नेपाल आउने गरेकोमा नेपालमा नयाँ विमानस्थलहरु निर्माण भएपछि थप रुट दिन भारतीय पक्षले आनाकानी गर्दै आएको छ । भैरहवास्थित गौतम बुद्ध विमानस्थल आफ्नो सीमा नाका नजिक बनाएको र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ लगानीमा बनाएकोमा भारत असन्तुष्ट रहँदै आएको छ । 

Advertisement

Advertisement