शाखा संख्यामा पहिलो हुने नविल बैंकको योजना, एकसाथ ३८ नयाँ शाखा सञ्चालन

Advertisement

काठमाडौं । नविल बैंकले एक साथ ३८ वटा शाखा सञ्चालनमा ल्याएको छ । बिहीवार बैंक स्थापना भएको ३८ वर्ष पूरा भएको अवसरमा राजधानीमा कार्यक्रम गरी उसले देशैभर ३८ नयाँ शाखा उद्घाटन गरेको हो । 

कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष उपेन्द्र पौडेलले नविल बैंकको सेवामा धेरै भन्दा धेरै डिजिटल टेक्नोलोजीहरु प्रयोग गरेर सेवा दिने प्रयास गरिरहेको बताए । उनले बैंकको देशभर एकैसाथ ३८ वटा शाखा बिस्तार गर्ने विषय सजिलो नरहेको बताए । पौडेलले आफूले काम गर्ने समयमा निजी क्षेत्रका बैंकहरुको शाखाहरु एकदमै कम भएको तर सरकारी बैंकका शाखा धेरै भएको बताए । 

Advertisement

उनले डिजिटल प्रविधिको कारणले बैंकहरुको धेरै शाखा भए पनि कम कर्मचारी भए पनि शाखा सञ्चालन गर्न सकिएको बताए । अध्यक्ष पौडेलले सरकार र राष्ट्र बैंकले मुलुकमा वित्तीय साक्षरता बढाउँदै जानुपर्ने बताए । उनले अब बैंकिङ क्षेत्र बरोइङ र नाफामा मात्रै अगाडि बढ्न नसक्ने बताए । पौडेलले अबको बैंकिङ आफ्नो लागि भन्दा पनि समाज र राष्ट्रका लागि गरेको योगदानको मापन गर्नुपर्ने अवस्था रहेको बताए । 

थप ३८ नयाँ शाखा सञ्चालनमा आएसँगै नविल बैंकका शाखा कार्यालयको संख्या २५५ पुगेको छ । नविलले शाखा विस्तारमा दिएको जोडअनुसार ऊ शाखा संख्या पहिलो बन्ने योजनामा देखिन्छ । 

Advertisement

Advertisement