तीन करोड २ लाख कित्ता शेयर सूचीकृत, आइतबारबाट कारोबार हुने, ओपन रेञ्ज कति ?

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ३ करोड २ लाख ९३ हजार ३ सय ४३.३९ कित्ता शेयर सूचीकृत भएको छ । 

साविकको आइएमई जनरल र पु्रडेन्सियल इन्स्योरेन्स कम्पनी १ः१ अनुपातमा एकआपसमा मर्ज हुँदा कायम हुन आएको उक्त शेयर आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नाममा आज सूचीकृत भएको नेप्सेका सहायक प्रबन्धक सरिता पाण्डेयले जनाएकी छिन् । 

Advertisement

साविकका दुई कम्पनी मर्ज भई एकीकृत कारोबार शुरु भइसकेको छ । नयाँ कम्पनीका नाममा शेयर सूचीकृत भएसँगै आइतबारबाट कारोबार शुरु हुने भएको हो । रु. ३७०.८२ ओपन रेञ्ज निर्धारण गरिएको नेप्सेले जनाएको छ ।  

Advertisement

Advertisement