नेपालमा पर्यटन प्रवर्द्धन गर्न विदेशी ‘सोसियल मिडिया इन्फ्लुयन्सर’को भ्रमण गराइयो

Advertisement

काठमाण्डौं । नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवर्द्धनका लागि अमेरिकी अन्तर्राष्ट्रिय सहयोग संस्था (युएसएआईडी)सँग गरेको सहकार्यअनुरुप विभिन्न देशका सोसियल मिडिया इन्फ्लुयन्सरहरुले नेपाल भ्रमण गरेका छन् । 

नेपालका प्रमुख पर्यटकीय गन्तव्यको भ्रमणसँगै उनीहरुले नेपाल प्राकृतिक सौन्दर्यको खानी भएको सन्देश दिएका छन् । उनीहरुले काठमाडौं, पोखरा मुक्तिनाथ, लुम्बिनी, चितवन लगायतका स्थानको भ्रमण गर्दै नेपाल प्राकृतिक सौन्दर्य र धार्मिक सांस्कृतिक तथा साहसिक पर्यटनका लागि उपयुक्त स्थल रहेको बताएका हुन् । 

Advertisement

नेपालको पर्यटन प्रवर्द्धनमा सोसियल मिडिया र स्टोरी टेलिङको माध्यमलाई कति उपयोग गर्ने ? भन्ने विषयमा नेपाल पर्यटन बोर्डमा कार्यशाला समेत गरिएको थियो । कार्यशालालगत्तै इन्फ्लुयन्सरको टिमले नेपालका मुख्य मुख्य पर्यटकीय गन्तव्यको भ्रमण गरका हुन् ।

भ्रमणमा युएसआईडीअन्तर्गत स्टेलटरका साझेदार निर्देशक भाजुल सजाकास तथा सोसियल मिडिया एन्फ्लुयन्सर केनान मुर्फी, लिन्डसे स्टेभन, एरिक मार्ट, अलिसन वोल्फ लगायतले आपmनो सोसियल मिडिया पेजमा नेपालका तस्वीरहरु शेयर गर्दै भ्रमण अविस्मरणीय भएको प्रतिक्रिया दिएका छन् ।

पछिल्लो समय आममानिस सोसियल मिडियामा बढी अभ्यस्त भइरहेको सन्दर्भमा विदेशी इन्फ्लुयन्सरद्धारा नेपाली पर्यटकीय गन्तव्यको प्रचार हुँदा यसबाट नेपालमा विदेशी पर्यटक बढने अपेक्षा बोर्डको छ ।

Advertisement

Advertisement