शेयर बजारमा करमा भारी वृद्धि गर्ने सरकारको प्रयास विफल, अर्थमन्त्री पछि हटे

Advertisement

काठमाडौं । पूँजीगत लाभकरका बिषयमा सरकार अन्तत पछि हटेको छ । अर्थमन्त्री प्रकाशशरण महत र लगानीकर्ताबीच आइतबार भएको छलफलमा सहमति भएको हो ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालका अनुसार शेयर कारोबारमा पुँजीगत लाभकर लगाउने बजेटको ब्यवस्था कार्यान्वयन नगर्न अर्थमन्त्री महत सहमत भएको र सोहीअनुसार सम्झौताका लागि मस्यौदा तयार भइरहेको छ । 

Advertisement

सहमतिअनुसार पूर्ववतरुपमा ५ र ७.५ प्रतिशत पूँजीगत कर नै अन्तिम हुने छ । स्टक ब्रोकर कम्पनीहरुमा ताला लगाएर कारोबार ठप्प बनाएका लगानीकर्ताहरु त्यसपछि वार्ताका लागि अर्थ मन्त्रालय पुगेका थिए । शेयर कारोबारमा ३९ प्रीतशतसम्म पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था कार्यान्वयन भए नेपालमा धितोपत्र कारोबार चल्न नसक्ने भन्दै आन्दोलित भएका लगानीकर्तालाई अर्थमन्त्रीले वार्ताका लागि बोलाएका थिए । 

Advertisement

Advertisement