'भन्सार शुल्क बृद्धि र भ्याटका कारण संकटमा घ्यू तेल उद्योग'

Advertisement

काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले आगामी आवको बजेटमा भएको कच्चापदार्थको १० प्रतिशत भन्सार र १३ प्रतिशत भ्याटको प्रवधानले उद्योगहरु चल्न नसक्ने अवस्था सिर्जना भएको जनाएको छ । 

ध्यू तेल उत्पादक संघ, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुरा बताइएको हो । 

Advertisement

उक्त कार्यक्रममा नेपालमा एकैपटक भन्सार र भ्याट गरेर करिब २३ प्रतिशत वृद्धि भएकाले नेपाली उद्योग थला परेको तथा ताला लगाउनुपर्ने अवस्था आएको संघका उपाध्यक्ष अमित मोरले बताए ।

कर बढी हुँदा नेपाली उत्पादनको मूल्य बढ्ने उनको भनाई थियो । जसले गर्दा भारतीय उत्पादन नेपालमा अनधिकृत आयात हुन्छ । गत वर्षमात्रै कम्तीमा ५० हजार मेट्रिक टन आयात भएको तथ्याङ्क छ । 

पत्रकार सम्मेलन नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले नेपाली उद्योगहरुको संरक्षणमा राज्यले ध्यान दिनु पर्ने बताए ।  

Advertisement

Advertisement