पोखरामा पहिलो पटक ‘ड्रागन वोट फेस्टिभल’ हुने

Advertisement

काठमाडौं । पोखरामा पहिलो पटक नेपाल–चीन फ्रेन्डसिप ड्रागन वोट फेस्टिभल आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकको आयोजनामा यो महोत्सव हुन लागेको हो । 

पोखरा पर्यटन परिषद र चाइना ओभरसिज एशोसिएसन सहआयोजना एवं होटल एशोसिएशन नेपाल (हान) र नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज (नारा)सँगको सहकार्यमा आउँदो असार ८ र ९ गते महोत्सव आयोजना हुनेछ । 

Advertisement

बिहीबार राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा पर्यटन बोर्डले यस कार्यक्रमबारे जानकारी दिएको हो । नेपाल र चीनबीच रहेको सांस्कृतिक तथा जनस्तरको सम्बन्ध सुमधर बनाउन र नेपालमा चिनियाँ पर्यटक बढाउन ड्रागन बोट फेस्टिबल आयोजना हुन लागेको जनाइएको छ । 

यस प्रकारको वोट फेस्टिभल ५० भन्दा बढि देश तथा क्षेत्रहरुमा आयोजना हँदै आइरहको र एशियाली खेलमा समेत सहभागी गराइने गरेको भन्दै आयोजकले नेपालमा आयोजना गर्न लागिएको यो फेस्टिवल दक्षिण एशियामै पहिलो भएको जनाएको छ । 

बोटिङ रेसका लागि चीनबाटै नेपालको केरुब नाका हुँदै आठ वटा विशेष खालका वोट, अन्य आवश्यक सामग्री र प्रशिक्षण आउने छन् । अहिले उनीहरुले फेवातालमा प्रतियोगिताको लागि अभ्यास गरिरहेको जनाइएको छ । 

यसलाई हरेक वर्ष निरन्तरता दिनेगरी नै यो पटक कार्यक्रम आयोजना गर्न लागिएको भन्दै बोडले पोखराको पर्यटनमा यो नयाँ प्रडक्टका रुपमा थपिने बताएको छ । पहिले दुई सय मिटर र पछि पाँच सय मिटर गरी दुई वटा सेगमेन्टमा आठ वटा वोट रेश प्रतियोगिता हुनेछ । प्रतियोगितामा विजेतालाई नगद तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । 

Advertisement

Advertisement