सहकारीका समस्या समाधानको लागि राउतको संयोजकत्वमा कार्यदल गठन

Advertisement

काठमाडौं । सरकारले सहकारीका समस्या समाधानको लागि डा. जयकान्त राउतको संयोजकत्वमा कार्यदल गठन गरेको छ । 

मन्त्रिपरिषद्को गत मंगलबार बसेको बैठकले राष्ट्रिय योजना आयोगका सदस्य डा. राउतको संयोजकत्वमा कार्यदल गठन गरेको हो । 

Advertisement

विभिन्न मन्त्रालयका सचिव र सहसचिव, राष्ट्र बैंकको उच्च अधिकारी साथै नेपाल प्रहरीको एसएसपीसहितको कार्यदलले सहकारीका समस्या पहिचान गरी प्रतिवेदन बुझाउन २ महिनाको समयसीमा पाएको छ ।

Advertisement

Advertisement