मद्रास सेक्युरिटी प्रिन्टर्सले छापेको अन्तशुल्कको नमुना स्टिकर स्वीकृत

Advertisement

काठमाडौं । आन्तरिक राजस्व विभागले मद्रास सेक्युरिटी प्रिन्टर्स छापेको अन्त:शुल्क स्टिकरको नमुना स्वीकृत भएको छ । विभागलाई नमुना परिक्षणको लागि दिइएको नमुना स्टिकर विभागले स्वीकृत गरेको हो ।

मद्रासले छापेको स्टिकरको गुणस्तर परिक्षणमा पास भएको विभागका उपमहानिर्देशक टंक पाण्डेले बताए ।  

Advertisement

मद्रास प्रिन्टर्सले ४१ प्रकारका करिब ९ अर्ब थान अन्त:शुल्क स्टिकर छपाई गर्न विभागबाट ठेक्का स्वीकृति पाएको छ । सो ठेक्का बमोजिम मद्रासले स्टिकर छपाई सुरु गरेको हो ।

मदिरा,बियर र गुड्खा लगायत वस्तुमा टाँसिने स्टिकर नोट भन्दा महत्वपुर्ण मानिन्छ । महँगा रक्सीमा टालिने  एउटै स्टिकरको १७ सय भन्दाबढी पर्न जान्छ यसकारण पनि अन्तशुल्क स्टिकरलाई महत्वपुर्ण मानिन्छ ।

स्टिकर छपाइमा लामो समयसम्म विवाद हुँदा विवादित कम्पनी मद्रासले ठेक्का पाएको थियो । मद्रासले ठेक्का हात पार्न सर्वोच्च अदालतदेखी विभागमा कुरा मिलाएको थियो ।

मद्रासलाई ठेक्का दिने निर्णय विभागका तत्कालिन महानिर्देशक शोभाकान्त पौडेलले गरेका हुन् । लाग अनुमान भन्दा २० प्रतिशत कम मूल्यमा ठेक्का सम्झौता गरेको कम्पनीको कामलाई भने विभागले उच्च सतर्कताका साथ हेरेको छ । विभागले स्टिकर लगाउने विषयलाई थप कडाई समेत गरेको छ । यसअघि मदिरा तथा वियरको बोतलमा स्टिकर मात्रै टाँसे हुने थियो। अब स्टिकर टाँसेर बाहिरबाट प्लास्टिकले समेत लेमिनेट गर्नुपर्ने हुन्छ ।

मद्रास भारतिय कम्पनी भएकाले गैरकानुनी रुपमा नक्कली स्टिकर छपाई गरी नेपाल भित्र्याउन सक्ने शंका गरिएको छ ।  

विभागले स्टिकर अभाव हुदाँ जनक शिक्षा सामाग्री केन्द्रलाई स्टिकरको जिम्मा दिएको छ । अब मद्रासले स्टिकर दिन थालेपछि जनक शिक्षासँगको सम्झौता तोड्नेछ ।

Advertisement

Advertisement