‘हानीकारक’ रासायनिक मल आयातलाई निरुत्साहित गर्दै ‘साथी’ अर्गानिक मल

Advertisement

ललितपुर । लेलेमा आठ बर्षअघि स्थापना भएको अर्गानिक (प्राङ्गारिक) मल उत्पादक कम्पनीको नाम हो– नेशनल बायोटेक प्राइभेट लिमिटेड । पाँच करोड रुपियाँ लगानीमा सञ्चालनमा आएको यो कम्पनीले ‘साथी’ ब्राण्डमा अर्गानिक मल उत्पादन गर्दै आएको छ । 

खेती लगाउने सिजन आएलगत्तै रासायनिक मलको अभाव भएको भन्दै देशभर कोकोहोला मच्चिने गर्छ । नेताहरु समेत रासायनिक मल आयात गर्न सरकारले नसकेको भन्दै चर्को चर्को भाषण गरेर राजनीति गर्न थाल्छन् । अनि सरकार अर्बौं रुपियाँ खर्चिएर यस्तो मलदेखि किटनाशक बिषादी आयात गर्छ । यस्तो रासायनिक मल र बिषादीले माटोको उर्बरा शक्ति नष्ट गर्ने काम मात्रै गरेको छैन्, मानव र पशुपंक्षीको स्वास्थ्यमा समेत गम्भीर असर पर्ने गरेको छ । हरेक बर्ष रासायनिक मल नराखी खेती नहुने अवस्था अवस्था सिर्जना भएको छ । यस गम्भीर समस्यातर्फ नेता र प्रशासकहरुको ध्यान जान सकेको छैन् । 

Advertisement

रासायनिक मलले गाँजेको हाम्रो कृषि प्रणालीलाई लयमा फर्काउन नेशनल बायोटेकले भूमिका खेल्दै आएको छ । कम्पनीका सञ्चालक नुरविन्द्रविक्रम सिजापति खेतबारीमा रासायनिक मल नभई अर्गानिक मल प्रयोग गर्न सबैलाई प्रोत्साहित गर्न जरुरी रहेको बताउँछन् । उनले अर्गानिक मलले माटोको उर्वरा शक्ति बढाउन मद्दत गर्ने पनि बताए । 

सिजापतिले आफ्नो उद्योगबाट उच्च गुणस्तरको जैविक मल दानेदाररुपमा उत्पादन हुने बताए । नेशनल बायोटेकका देशभर सयभन्दा बढी डिलर र खुद्रा बिक्रेता भइसकेका छन् । बजार नेटवर्क बढेसँगै साथी ब्राण्डका अर्गानिक मलको बिक्री पनि बढेको छ । दुई बर्षभित्रमा तराईमा पनि अर्को उद्योग खोल्ने योजना बनाएका सिजापतिले अहिले यो व्यवसायबाट मासिक ५० लाख रुपियाँको कारोबार गर्ने गरेका छन् । उद्योगमा १५ जनाले रोजगारी पनि पाएका छन् । 

सिजापति भन्छन्, ‘यो हाम्रो नेपालको पहिलो अन्तर्राष्ट्रिय प्रमाणित अर्गानिक मल कम्पनी हो । ‘साथी’ अर्गानिक मलमा बोटबिरुवालाई आवश्यक १६ प्रकारका तत्वहरु उपलब्ध हुन्छ । रासायनिक मलका कारण घट्दो माटाको उर्वरा शक्तिलाई फर्काउन पनि मद्दत गर्छ ।’  

कम्पनीले ग्राहकलाई उचित मूल्यमा पशु–आधारित जैविक मल, कृषि आपूर्ति, पशु र बोटबिरुवामा आधारित जैविक मल प्रदान गर्दै आएको छ । अनुभवी तथा गुणस्तरीय आयातकर्ता, निर्यातकर्ता र आपूर्तिकर्ताको सहयोगमा नेशनल बायोटेकले जैविक मलहरु उत्पादन गर्न सक्षम रहेको सिजापतिको भनाई छ । 

अर्गानिक मलप्रति किसानहरुको आकर्षण बढ्दो क्रममा रहेको उनले अनुभव छ । आफूहरुले उत्पादन गरेको मलको प्रयोग स्थानीय किसानदेखि देशका हरेक स्थानका बालीनालीमा पुगिसकेको सिजापतिले बताए काठमाडौं विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङ अध्ययनमा स्नातक गरेका उनसँग केही समय यती एयरलाइन्समा काम गरेको अनुभव पनि छ । 

कृषि क्षेत्रमा नवीन प्रयोग र प्रविधि विकास ल्याउनुपर्छ भन्ने सोचका अर्गानिक मल उत्पादनमा लागेका सिजापतिको उद्योगमा मल उत्पादन गर्ने १२ वटा आधुनिक मेशिन छन् । मल उत्पादनको  सम्पूर्ण काम मेसिनबाट हुन्छ । नेशनल बायोटेकले वर्षमा पाँच हजार मेट्रिक टन अर्गानिक मल उत्पादन गर्ने गरेको सिजापतिले बताए ।  

उनले भने, ‘यो मलको प्रयोग गर्दा मानव स्वास्थ्यलाई कुनै नकारात्मक असर गर्दैन् । यसले कृषि उत्पादन वृद्धि गर्छ । जैविक ढुसी नास गर्छ । बेर्ना कुइन दिँदैन् ।  रोग लाग्नबाट बचाउँछ । जरा कुहिने रोग नास गर्छ । डाँठ कुइने, डढुवा र थोप्ले रोग लाग्नबाट बचाउँछ । धान खेतीका लागि पनि ‘साथी’ मल उपयुक्त हुन्छ । यसले रासायनिक मलले जस्तो माटोको उर्वरा शक्ति नष्ट गर्दैन् । बरु वृद्धि गर्न मद्दत गर्छ ।’ 

‘साथी’ मल प्रयोग गर्दै आएका किसानहरुबाट अहिलेसम्म राम्रो प्रतिक्रिया आइरहेको प्रजापतिले बताए । बजारमा ‘साथी’ अर्गानिक मल प्रतिकिलो ४० देखि ५० रुपियाँमा बिक्री हुँदै आएको छ । सिजापतिले पछिल्लो केही समयदेखि सरकारले किसानहरुलाई ‘साथी’ अर्गानिक मल अनुदानमा वितरण गर्ने गरेको पनि जानकारी दिए । 

Advertisement

Advertisement