भ्याट लगाएपछि प्याजको मूल्य तीन गुणाले वृद्धि, पाँच बर्षमा तरकारीको बढ्दो आयात यस्तो छ

Advertisement

प्रकाश थपलिया
काठमाडौं । सरकारले आलु, प्याज, स्याउमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)का कारण अहिले बजारमा प्याजको अभाव र मूल्यवृद्धि शुरु भएको छ । 

सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ का बजेटमार्फत १३ प्रतिशत भ्याट लगाएसँगै त्यसको प्रभाव बजारमा देखिन थालेको हो । प्याजको मूल्य ह्वात्तै बढेपछि यो विषय अहिले संसदमा समेत उठेको छ । 

Advertisement

यसअघि यी वस्तुको आयातमा ९ प्रतिशत कृषि सेवा शुल्क र ५ प्रतिशत अग्रिम आयकर लाग्ने व्यवस्था थियो । अहिले भ्याट समेत थपिएसँगै बजारमा कृतिम अभाव सिर्जना गर्ने र मूल्य बढाउने काम सुरु भएको छ । यसले आम उपभोक्तालाई समेत प्रभाव पार्न थालेको छ । 

बजेट आएको दिन गत जेठ १५ गते कालीमाटी तरकारी तथा फलफूल बजारमा प्याजको थोक मूल्य प्रतिकिलो ३४ रुपियाँ रहेकोमा अहिले प्रतिकिलो सय रुपियाँ पुगेको छ । 

दुई सातामै तीन गुणाले मूल्य वृद्धि हुँदा पनि उपभोक्ता अधिकारकर्मीहरु मौन देखिन्छन् । सरकारले भने आयातलाई निरुत्साहित गर्न भ्याट लगाएको दावी गरेको छ । 

विगत पाँच बर्षको आयातको तथ्यांक हेर्दा पनि तरकारीको आयातमा दोहोरो अंकले आयात बढेको देखिन्छ । बीचमा कोरोना महामारीको प्रभाव रहेको दुई बर्षमा आयातको प्रतिशत एकल अंकमा देखिए पनि बाँकी तीन बर्षको आयातको वृद्धिदर सरदर १८ प्रतिशत देखिन्छ । 

यस्तो छ पाँच बर्षको तरकारी आयातको अवस्थाः 

Advertisement