इम्पेरिओ ग्लोबलले ‘कलरजेट’का आधुनिक भर्ब मिनि र सोनिकआई प्रिन्टर नेपालमा भित्रायो

Advertisement

काठमाडौं । इम्पेरिओ ग्लोबल प्राइभेट लिमिटेडले कलरजेट ब्राण्डका आधुनिक भर्ब मिनि र सोनिकआई प्रिन्टर नेपाली बजारमा भित्राएको छ ।

कम्पनीले कलरजेटको भर्ब मिनि एलईडी यूभी प्रिन्टर र सोनिकआई डिजिटल प्रिन्टर ल्याएको हो । भर्ब मिनिले क्रान्तिकारी बहुतह मुद्रण प्रविधि प्रयोग गर्ने जनाउँदै कम्पनीले यसले पीभीसी सिट, धातु, शिशा, एसीपी, डब्लुपीसी, एमडीएफ, छाला र तीन फिट वाई पाँच फिटको प्रिन्ट क्षेत्र र ६५ मिलिमिटरको उचाई भएको कुनै पनि वस्तुमा छाप्नसक्ने जनाइएको छ । 

Advertisement

यसमा भेरिएबल ड्रप टेक्नोलोजी, बेस्ट इन क्लास स्वचालन जस्ता उद्योगका अग्रणी सुविधाहरू रहेको इम्पेरियोको विज्ञप्तिमा उल्लेख छ । यस मेसिनसँग उपहार निर्माता, आर्किटेक्ट, आन्तरिक सजावटकर्ता, प्रवर्द्धनात्मक वस्तु,  व्यक्तिगत उपहार, बेस्पोक उत्पादन, नियन्त्रण प्यानल, प्याकेजिङ, साइनेज र ब्रान्डिङ, ब्रान्डेड इलेक्ट्रोनिक उपकरण, कभरहरूका लागि अनन्त प्रयोग क्षमता रहेको कम्पनीको भनाई छ । 
कुल २४ लाख ५० हजार मूल्य रहेको यस प्रिन्टरमा छ वटा आकर्षक अफरहरुमार्फत तीन लाख ४५ हजार बचत गर्न सकिने योजना पनि ल्याइएको छ ।

त्यस्तै, सोनिकआईले फ्लेक्स ब्यानर, विनाइल, वालपेपर, क्यानभासमा छाप्नसक्छ । यो ३.२ मिटर रोल टू रोल प्रिन्टङ मेशिन हो । जापानी प्रविधिको यो प्रिन्टरमा गन्ध पनि कम आउने र मसी पनि कम खपत हुने कम्पनीले जानकारी दिएको छ । 

कम्पनीले सोनिकआई प्रिन्टर साइनेज उद्योगका लागि उत्कृष्ट परिणाम प्रदान गर्दछ भन्दै इम्पेरियाले १७ लाख ९० हजार मूल्यको यो प्रिन्टर खरीद गर्दा दुई लाख २० हजार रुपियाँसम्मको बचत अफर समेत ल्याइएको छ । 

इम्पेरियो ग्लोबलका प्रवन्ध निर्देशक मनिष जैनले भारतको सबैभन्दा धेरै बिक्री हुने डिजिटल प्रिन्टर ब्राण्ड ‘कलरजेट’को भर्ब मिनि र सोनिकआई नेपाली बजारमा भित्राउन आफूहरु सफल भएको बताए । उनले लगभग सबै सामग्रीहरु छाप्ने भर्ब मिनिको बहुमुखी प्रतिभा बढ्दो कर्पोरेट उपहार, ब्राण्डिङ र आन्तरिक सजावट उद्योगका लागि उत्पादनमूखी हुने बताए । 

Advertisement