अवैध अनलाईन बेटिङ ‘वान एक्स’ को प्रचार गर्ने कलाकार ‘बल्छी धुब्रे’ पक्राउ

Advertisement

काठमाडौं । कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुब्रे’ पक्राउ परेका छन् । अवैध अनलाईन बेटिङ वान एक्स बेटको प्रचार प्रसार गरेको भन्दै श्रेष्ठ पक्राउ परेका हुन् ।

श्रेष्ठले आफ्नो युट्युब च्यानलको दुरुपयोग गरी बेटिङको प्रचारप्रसार गरेको आरोप प्रहरीले लगाएको छ । उनी मेरी बास्सै नामक हास्य टेलिश्रृखलाबाट चर्चित भएका थिए । हाल हल्का रमाइलो टेलिश्रृंखलामा उनले अभिनय गर्ने गरेका छन् । 

Advertisement

नेपालमा अनलाइन जुवा तथा सट्टेबाजी अवैध रुपमा खेलाइदै आएको छ । जसको एजेन्सीका रुपमा नेपालका डिजिटल वालेटहरु इ–सेवा खल्तिहरु सहभागी रहेका छन् ।

तर प्रहरीले यी वालेटहरुलाई भने कारबाही गर्ने गरेको छैन । प्रहरीले मंगलबार मात्रै कैलालीका दिनेश खड्कालाई अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ गरेको थियो । खड्का विगत केहि वर्षदेखी बेटिङ खेलाईरहेका छन् । प्रहरीले खड्काको खाताबाट ६४ करोडको कारोबार भेट्टाएको थियो ।  

वान एक्स बेटसँगको अवैध कारोबारमा इसेवा, फोन पे, खल्ती, आईएमई पे जस्ता भुक्तानी सेवा प्रदायकहरु पनि संलग्न रहेको पाइएपछि नेपाल राष्ट्र बैंकले यसअघि सचेत गराएको थियो । 

Advertisement

Advertisement