गोल्छा अर्गनाइजेसन र विशाल ग्रुपले सञ्चालन गर्दै आएको श्रीराम सुगर मिल्स लिलामीमा

Advertisement

काठमाडौं । रौतहटको श्रीराम सुगर मिल्स लिलाम हुने भएको छ । नेपाल बैंकले सूचना जारी गर्दै कम्पनीे लिलामीमा राखेर बिक्री गर्न लागेको हो ।

दुई ठूला व्यापारिक घराना गोल्छा अर्गनाइजेसनका हितेश गोल्छा र विशाल ग्रुपका विशाल अग्रवाल सञ्चालक रहेको यो सुगर मिल्सले ३८ करोड ऋण नतिरेपछि बैंकले लिलामी प्रक्रिया अघि बढाएको हो । 

Advertisement

सोसम्वन्धी सुचना शुक्रबार पत्रिकामा प्रकाशित भएको छ । नेपाल बैंकले प्रकाशित गरेको ३५ दिने सूचनाअनुसार मिल्सले नेपाल बैंकसँगै राष्ट्रिय वाणिज्य बैंक, कर्मचारी सञ्चाय कोष, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक (हालको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक)बाट समेत विभिन्न शीर्षकमा कर्जा लिएको थियो । 

कर्जाको रकम लेनदेनसम्बन्धी लिखतमा लेखिएअनुसार भाखाभित्र बुझाउनुपर्ने साँवा र सोमा लाग्ने ब्याज तथा हर्जना समेत उद्योगले बुझाएको छैन् । 

नेपाल बैंकले गत साउन ४ सम्म कम्पनी खरिद गर्न इच्छुकले आवेदन दिनसक्ने जानकारी दिएको छ । कम्पनीमा जेजस्तो अवस्थामा मेसिनरीहरू छन्, त्यो लिनुपर्ने भन्दै बैंकले लिलाम गर्ने न्यूनतम मूल्य ३८ करोड ११ हजार ७५५ रुपियाँ ८६ पैसा कायम गरेको छ ।

खरिदार इच्छुकले यसको १० प्रतिशत रकम बुझाएर लिलाम प्रक्रियामा भाग लिन सकिने छन् । 

Advertisement

Advertisement