असार महिनामा कर अधिकृतले व्यक्तिगत लाभ नलिनू: अर्थमन्त्री महत

Advertisement

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले असार महिनामा कर अधिकृतले व्यक्तिगत लाभ लिन नहुने बताएका छन् । मन्त्री महतले कर अधिकृतहरुले करदातालाई धेरै दुःख दिन नहुने बताएका हुन् । 

सोमबार बिहान विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयको निरीक्षणका क्रममा मन्त्री डा. महतले राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिएका हुन् ।

Advertisement

अर्थमन्त्री महतले भने, ‘सेवाग्राही माझ सहज रुपमा प्रस्तुत हुन, ब्यक्तिगत फाइदा हेर्न हुदैंन, कर्तव्यबाट पन्छिने छुट हामी कसैलाई छैन, जिम्मेवारी जे छ त्यसैमा कर्तव्यनिष्ठ भएर काम गर्नु होला ।’

अहिलेको बजेटले करका दायरा फराकिलो बनाएको  मन्त्री महतको भनाई छ । तरकारी फलफूलको आयातमा मात्र कर र आम उपभोक्ताको लागि मूल्य अभिवृद्धि करको बारेमा बुझाउन जरुरी छ ।

मन्त्री महतले थपे, ‘म राम्रो काम गर्न आएको हुँ, तपाईंहरुले पनि राम्रो काम गरिरहनु भएको छ र अझै राम्रो काम गर्नु होला । आम नागरिकलाई दुःख दिने काम नगर्नु होला ।’

उच्च मनोबलकासाथ काम गर्न आग्रह गर्दै मन्त्री डा. महतले भने, ‘कर्तव्यनिष्ठ भएर काम गर्नु होला । आगामी आर्थिक बर्षको राजश्वको लक्ष्य पूरा गर्न सबै मिलेर कर्तव्य निष्ठ भएर काम गर्नु पर्छ ।’

Advertisement

Advertisement