मन्त्री गुुरुङ भन्छन्– नेपालमा श्रमजीवि र परजीवि गरी दुई खालका जीवि छन्

Advertisement

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले परजीविलाई परास्त नगरेसम्म श्रमजीविहरुको उत्थान हुननसक्ने बताएका छन् । 

सोमवारबाट राजधानीमा शुरु भएको टे«ड युनियन काँग्रेसको सातौं महाधिवेशनमा उनले देशमा श्रमजीवि र परजीवि गरी दुई प्रकारका जीवि रहेको उल्लेख गर्दै परजीविलाई परास्त नगरेसम्म श्रमजीविहरुले सम्मान पाउन नसक्ने बताए । गुरुङले भ्रष्ट प्रवृत्तिको जरो हल्लाउने काम टे«ड युनियन काँग्रेसले गर्नुपर्ने बताए । 

Advertisement

ट्रेड युनियन काँग्रेसले मागेर नभइ खोसेर आफ्नो अधिकार लिन सक्नुपर्ने बताउँदै उनले ‘अब यो मुलुकमा एउटा प्रवृत्तिको जरो हल्लउने काम तपाईंहरुले नै गर्नुपर्छ । त्यो भनेको भ्रष्ट प्रवृत्तिको जरो हल्लाउने काम तपाईंहरुले गर्ने हो । नेपाली राजनीतिमा दुई वर्ग छन् । दुई वटा जीवि छन् । एउटा श्रमजीवि र अर्को परजीवि । परजीविलाई परास्त नगरेसम्म श्रमजीविहरुको उत्थान हुन सक्दैन् । ट्रेड युनियन काँग्रेसले मागेर होइन, खोसेर अधिकार लिने हो । अब खोस्न अघि बढ्नुस् । आज यो मुलुक भ्रष्ट प्रवृत्तिका कारणले गर्दा बन्न नसकेको हो । भ्रष्ट प्रवृत्ति बदल्न आवश्यक छ ।’

मन्त्री गुरुङले मुलुक भ्रष्ट प्रवृत्तिका कारणले बन्न नसकेको भन्दै भ्रष्ट प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताए । 

Advertisement

Advertisement