नेपाल र चीनबीचको सम्बन्ध सगरमाथाभन्दा अग्लोः मन्त्री किराती

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल र चीनबीचको सम्बन्ध सगरमाथा जस्तै अग्लो रहेको बताएका छन् । 

बुधवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टर उडान अवतरण गरिसकेपछि आयोजित कार्यक्रममा उनले विश्वको सर्वोच्च शिखर सगरमाथा विश्वकै सबैभन्दा अग्लो सीमाना भएको पनि बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान शुरु गर्नु पहिलो कदम भए पनि अब यसलाई निरन्तरता दिन आवश्यक रहेको किरातीले  बताए । 

Advertisement

उनले भने, ‘यो शुरुवात गर्नु धेरै ठूलो कुरा हो । यो भन्दा पनि ठूलो कुरा यसलाई निरन्तर सञ्चालन गर्नु हो । यो लामो यात्राको पहिलो पाइला हामीले प्रारम्भ गरेको अनुभुति भएको छ । सगरमाथा विश्व शिखर मात्रै होइन, विश्वकै अग्लो सीमाना पनि हो । यो भन्दा अग्लो सीमाना दुनियाँमा कतै छैन । तर अनौठो कुरा यो प्राकृतिक सीमाना जति अग्लो छ । त्यो भन्दा अग्लो हामी दुई देशबीचको सम्बन्ध छ । हाम्रो भाषा र संस्कृतिको सम्बन्ध पनि त्यति नै नजिकको छ ।’ 

मन्त्री किरातीले चिनियाँ नागरिक नेपाल आउँदा नेपाललाई भान्जाभान्जी आएको जस्तो लाग्ने गरेको उल्लेख गर्दै यो सम्बन्धलाई अझै बिस्तार र सुदृढ बनाउनुपर्ने बताए । 

Advertisement

Advertisement