देउवा राजनीतिक उपचारका लागि नभई स्वास्थ्य उपचारका लागि सिंगापुर गएको दावी

बजेट संशोधन हुन्छ तर सरकार ढल्दैनः शर्मा, ‘बाबुरामको पालामा पनि संशोधन भा–थ्यो’

Advertisement

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बजेट संशोधन हुँदैमा सरकार ढल्नेकुरा कानूनमा कतै पनि नलेखिएको बताएकी छन् । बुधवार मंगलवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै बुधवार मन्त्री शर्माले बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा नै बजेट संशोधन भइसकेको बताइन् । 

शर्माले बजेट संशोधन हुँदैमा सरकार ढल्नेकुरा कानूनमा कतै पनि नलेखिएको बताउँदै नेकपा हुँदा पनि बजेटमा असन्तुष्टिहरु आएको बताए । उनले बजेटमा असन्तुष्टि जनाउनु स्वभाविक भएको बताए । शर्माले बजेट संशोधन गरेर जाने बारेमा छलफल भइरहेको पनि बताए । 

Advertisement

शर्माले बजेट संशोधन हुँदैमा सरकार ढल्ने भन्नेकुरा परम्परागत भएको उल्लेख गर्दै परम्परालाई तोड्नुपर्ने बताइन् । उनले भनिन्, ‘बजेटमा यस्तो हुन्छ, यस्तो पहिला पनि भएको थियो । पहिला नेकपा हुँदा त्यो बेलाका अर्थमन्त्रीले कसरी बजेट प्रश्तुत गर्नुभएको थियो त्यो हामी सबैलाई थाहा छ । अहिले पनि बजेटमा सम्भवतः धेरैका असन्तुष्टि छन् । एउटा त सीमा हो , हामीसँग पैसा कम भयो । अर्को असन्तुलन भयो भन्ने पनि छ, त्यसका लागि छलफल भइरहेको छ । यसलाई मिलाएर जानुपर्छ भन्ने कुरा छ । बजेट संशोधन हुनु नै सरकार असफल हुनु हो भन्ने ढंगको यो परम्परागत हो । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा संशोधन भएको छ । अहिलेसम्म हामी परम्परामा छौँ, जसले भन्नुभयो, त्यो परम्परामा बोल्नुभयो । बजेट संशोधन हुँदा सरकार ढल्छ भन्ने कुनै कानूनमा छैन ।’

मन्त्री शर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहप्रति लक्षित गर्दै स्टन्ट भन्दा आफ्नो क्षेत्राधिकार बुझेर काम गर्नुपर्ने बताइन् । उनले दक्षिण भारतीय चलचित्र आदिपुरुषमा रहेको सीता भारतकी छोरी हुन् भन्ने शब्द हटाएर मात्रै सेन्सर बोर्डले चलचित्र चल्न दिएको बताइन् । 

शर्माले भनिन्, ‘सेन्सर बोर्डले कुनैपनि चलचित्र चल्नुअघि सेन्सर गर्छ । सेन्सर बोर्डको नियम भन्दा विपरित भयो भने त्यसलाई हामी सेन्सर गरेर मात्रै अनुमति दिन्छौँ । यो विषयमा पनि जेठ ३१ मा यो आदिपुरुष भन्ने फिल्ममा भएको सीता भारतीय छोरी भन्ने आशयको अभिव्यक्ति हटाउने निर्णय त्यही बेलामा सेन्सर बोर्डले गरेको थियो । सेन्सर बोर्डले निर्णय गरेर मात्रै प्रदर्शनको स्वीकृति दिएको हो । चलचित्रको मुल भाग भारतमा पनि हटाउनुपर्छ र नहटाइ चल्न दिनु हुँदैन भन्नेकुरा हाम्रो कुटनीतिक सम्बन्ध कायम गर्नका लागि हाम्रो मन्त्रालय होइन, परराष्ट्र मन्त्रालय हो । चल्न दिने वा नदिने भन्नेमा सबैले आफ्ना आफ्ना क्षत्राधिकार बुझ्नुपर्छ । भावनात्मक हिसावले हामी सबै एकै ठाउँमा छौँ । स्टन्ट भावना र मनोविज्ञानमा खेल्ने भन्दा पनि यसको दीर्घकालीन समाधान खोज्नुपर्छ ।’

फरक प्रसंगमा शर्माले नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा राजनीतिको उपचार खोज्न नभइ स्वास्थ्य उपचारका लागि नै सिंगापुर गएको दावी गरिन् । 

Advertisement