आफ्ना निष्क्रिय ग्राहकहरुलाई पनि सक्रिय बनाउन डिशहोमले ल्यायो आकर्षक योजना

Advertisement

काठमाडौं । नेपालमा डीटीएच (डाइरेक्ट टू होम) प्रविधिमा आधारित टेलिभिजन सेवा प्रदान गर्दै आएको डिश मिडिया नेटवर्क प्रा.लि.ले आफ्ना निष्क्रिय ग्राहकहरुलाई समेत सक्रिय बनाउन फरक र आकर्षक योजना ल्याउने भएको छ । 

ओइसआर डिजिटलसँगको सहकार्यमा डिशहोमले ओएसआरमार्फत विगत एक बर्षमा निर्माण भएका २१ वटा नेपाली चलचित्र आफ्ना विभिन्न च्यानलहरुमार्फत निःशुल्क हेर्ने सुविधा दिन लागेको हो । कम्पनीले आउँदो दशैं–तिहारसम्म करिव पाँच हजार मूल्य बराबरको फिल्महरु घरमै बसेर निःशुल्क हेर्न सकिने योजना ल्याउन लागेको कम्पनीका कार्यकारी उपाध्यक्ष रमेश सापकोटाले बताए । 

Advertisement

उनले राम्रो पिक्चर र साउण्ड भएको गुणस्तरीय टेलिभिजन हेर्ने भन्दा ग्राहकले डिशहोमलाई चिन्दै आएकोमा पछिल्लो पाँच– बर्षदेखि स्थानीय फिल्महरु हलहरुमा रिलिज भइसकेपछि डिशहोमका विभिन्न रिलिज गरेर हेर्न पाइने सुविधा प्रदान गर्दै आएको बताए । सापकोटाले भने, ‘फिल्म हलमा रिलिज भइसकेपछि सबैभन्दा पहिला रिलिज हुने प्लेटफर्म, वर्ल्ड प्रिमियर डिशहोमको प्लस मुभी च्यानल हो भने अर्को डिशहोम सिनेमा घर भनेर हामीले फिल्म हलहरुबाट निस्किने बित्तिकै सबैभन्दा पहिला ग्राहकलाई पेपर भ्यु सब्सक्राइभ गरेर, एउटा फिल्मको २२५, ३२५, ४२५ तिरेर फिल्म हलमा जस्तै घरमा बसेर हेर्न मिल्ने सुविधा दिँदै आएका छौं ।’ 

डिशहोम इन्टरटेनमेन्ट र इन्फोटेनमेन्ट बराबर पुर्याउने माध्यमको रुपमा चिनिदै आएको बताउँदै उनले सेटलाइट प्रविधि भएकाले डिशहोमको प्लस मुभी, गुञ्जन, रमाइलो टिभी, सिने हिट्स जस्ता च्यानलले नेपालभित्र कै कन्टेन्टलाई शहरदेखि हिमालका विकट क्षेत्रसम्म सेवा पुर्याउने माध्यम पनि भएको बताए । 

विगत १३ बर्षदेखि सञ्चालनमा रहेका डिशहोमका २० लाखभन्दा बढी ग्राहक छन् । प्रविधिको विकास र सामाजिक सञ्जालको बढ्दो प्रयोगले गर्दा टिभी हेर्ने ग्राहकको संख्या पहिलाभन्दा केही घटेको सत्य हो भन्दै सापकोटाले डिशहोमका ग्राहकलाई कसरी बढी मनोरञ्जन दिएर टिभी हेर्ने संस्कृति कायम राख्न आफूहरुले ओएसआर डिजिटलसँगको सहकार्यमा यो अभियान सुरु गर्न लागेको जानकारी दिए । 
 

Advertisement