डिशहोममा एक वर्षको रिचार्ज गर्दा दुई वर्ष टिभी हेर्न पाइने योजना पुनः सुरु

Advertisement

काठमाडौं । डिशहोममा एक वर्षको रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाईने भएको छ । ग्राहकहरुको विशेष आग्रहमा कम्पनीले फेरि यो योजना सञ्चालनमा ल्याएको बताएको छ । 

यो योजना अन्तर्गत डिशहोम डीटीएचका ग्राहकहरुले नजिकैको डिलरकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्तीमार्फत बार्षिक रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । यो योजना नेपालभर सीमित अवधिको लागि लागू हुनेछ । 

Advertisement

विगत १४ वर्षदेखि डिश मिडिया नेटवर्क लिमिटेड पे टिभी उद्योगमा आफ्नो बेग्लै पहिचान बनाउन सफल रहेको छ । ग्राहकहरुलाई विभिन्न स्तरीय च्यानलहरुसँगै गुणस्तरीय सेवा उपलव्ध गराउँदै आएको डिशहोमको भनाई छ ।

Advertisement