शिवम् सिमेन्टका कार्यकारी निर्देशकलाई ‘आउटस्ट्याण्डिङ इन्टरनेशनल लिडरसिप एचिभर्स अवार्ड’

Advertisement

काठमाडौं । शिवम् सिमेन्टका कार्यकारी निर्देशक रघुनन्दन मारुले ‘आउटस्ट्याण्डिङ इन्टरनेशनल लिडरसिप एचिभर्स अवार्ड २०२३’बाट सम्मानित भएका छन् । 

शनिबार दुवईमा आयोजित इन्टरनेशनल एचिभर्स कन्फेरेन्सले आयोजना गरेको अवार्ड कार्यक्रममा मारुले उक्त अवार्ड प्राप्त गरेका हुन् । उनी शिवम् सिमेन्ट स्थापना कालदेखि नै निर्देशकको रुपमा कार्यरत छन् । 

Advertisement

विगत लामो समयदेखि निरन्तर व्यवसायीक क्षेत्रमा सक्रिय मारु सफल व्यवसायीको रुपमा पनि चिनिन्छन् । इन्टरनेशनल एचिभर्स कन्फेरेन्सले हरेक बर्ष अन्तर्राष्ट्रियस्तरमा अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ । यस वर्ष दुवईमा १६औं अवार्ड कार्यक्रम आयोजना गरिएको थियो । 

उक्त संस्थाको लक्ष्य राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका औद्योगिक क्षेत्रहरुलाई प्रोत्साह गर्ने, अन्तर्राष्ट्रियस्तरमा प्रवर्धन गर्ने, विभिन्न राष्ट्रका महत्वपूर्ण योगदान पुर्याएका उत्कृष्ट उद्योगीहरुको छनौट गरी पुरस्कार वितरण गर्ने तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरुसँग समन्वय गराई व्यापार विस्तारको अवसर प्रदान गर्ने जस्ता काम गर्दै आएको छ । 

दुवईको कार्यक्रममा विभिन्न देशका दुई सय प्रतिनिधि सहभागी थिए । इन्टरनेशनल एचिभर्स कन्फेरेन्सले आयोजना गर्ने यस कार्यक्रममा विभिन्न देशका विभिन्न विधामा आफ्नो देशमा व्यापारिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उद्योगहरुको छनौट गरी उद्योगको समग्र क्षेत्रको मूल्याङकन, व्यवस्थापन तथा राष्ट्रियस्तरमा पुर्याएको योगदानका आधारमा छनौट गरी पुरस्कृत गरिन्छ । 

Advertisement

Advertisement