भारतीय गायक अर्जित सिंह नेपाल आउने

Advertisement

काठमाडौं । भारतीय गायक अर्जित सिंह नेपाल आउने भएका छन् । उनी कन्सर्टमा सहभागी हुन नेपाल आउन लागेका हुन् ।

ग्यारेज एमएन नेपाल फुड्सको आयोजनामा नेपालमा भारतीय गायक सिङको कन्सर्ट हुन लागेको हो । नेपालमा ३–४ दिन बस्ने गरी आउन लागेका उनको आउने मिति छिट्टै घोषणा गरिने जनाइएको छ । 

Advertisement

आयोजकले कन्सर्टको टिकट बिक्री पनि सुरु गर्न लागेको बताएको छ । अनलाइनमार्फत टिकट काट्न भुक्तानी सेवा प्रदायक खल्ती साझेदार बनेको छ । चर्चित गीत ‘तुम हि हो..’लगायतका गीत गायका सिंहले कम्पोजिङ, रेकर्डिङ र संगीत क्षेत्रमा समेत काम गर्दै आएका छन् । 

Advertisement