मीरा राणा र शम्भुजीत वास्कोटाले २०३३ सालमा गाएको गीत नयाँ संस्करणमा सार्वजनिक

Advertisement

काठमाडौं । मीरा राणा र शम्भुजीत बास्कोटाले २०३३ सालमा रेडियो नेपालमा गाएको गीत नयाँ संस्करणमा सार्वजनिक भएको छ । ‘नाच्देऊ मैच्याङ’ बोलको गीत सोमबार नयाँ रुपमा सार्वजनिक भएको हो । 

बास्कोटाद्धारा रिमेक यो गीतको भिडियोमा नायक पल शाह र डान्सिङ स्टार्स नेपालका विजेता तथा सबैभन्दा धेरै उचाईमा जोडी नृत्य गरेर विश्व कीर्तिमान कायम गरेकी छिरिङ शेर्पाले अभिनय गरेका छन् । 

Advertisement

शम्भुजीतसँग पाल्मु शेर्पाले गीत गाएकी छन् । उक्त गीतको भिडियो छायांकन हरि हुमागाईंले गरेका हुन् ।
 

Advertisement