नेको इन्स्योरेन्सले अस्पताललाई गर्यो ११ लाख सहयोग

Advertisement

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व स्वरुप अस्पताल निर्माणका लागि ठूलो धनराशी सहयोग गरेको छ ।

कम्पनीले सिरहा जिल्लाको धनगढीमाई नगरपालिका, छपराडीस्थित ‘महेन्द्र गेनाई स्मृति प्रसुति तथा बाल कल्याण अस्पताल’ लाई ११ लाख रुपियाँ बराबरको सहयोग प्रदान गरेको हो । 

Advertisement

भारतिय राजदुतावासको सहयोगमा निर्माण भएको उक्त अस्पतालमा मेडिकल उपकरण, औधषी लगायतको सामाग्रीहरुको अभाव रहेको थियो ।

उक्त सहयोगले मधेशका महिलाहरुको प्रसुती सेवा तथा बालबालिकाको उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । आज आयोजित एक समारोहमा नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोककुमार खड्काले उक्त ११ लाख रुपियाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

Advertisement

Advertisement