गट्ठाघरमा सिजी डिजिटलको २३औं शोरुम, विभिन्न ब्राण्डमा विद्युतीय सामग्री पाइने

Advertisement

भक्तपुर । चौधरी समूहले गट्ठाघरमा सिजी डिजिटलको २३औं शोरुम सञ्चालनमा ल्याएको छ । विद्युतीय सामग्रीहरुको धेरै वटा ब्राण्डहरुको यो शोरुमको उद्घाटन पूर्वमन्त्री महेश बस्नेतले बुधबार उद्घाटन गरे ।

शोरुममा एलजी, सिजी, टिसिएल, गोद्रेज, माइडिया, बेको, ब्ल्याक डेकर, केन्ट, एलिका, पिगन, क्रम्प्सन ब्राण्डका घरायसी तथा विद्युतीय सामग्रीहरु राखिएका छन् । शोरुम सञ्चालनमा आएको अवसरमा केही समयका लागि ग्राहकहरुका लागि १५ प्रतिशत छुटका साथै किस्ताबन्दी, उपहार र सट्टापट्टा योजना पनि ल्याइएको छ । 

Advertisement

शोरुममा निःशुल्क पार्किङको सुविधा रहेको बताउँदै सिजीले स्थानीय बजारमा आफ्ना सामानहरुको प्रदर्शन र सुपथ मूल्यमा बिक्री गर्न शोरुम सञ्चालन गरिएको बताएको छ । शोरुम बिहान १० बजेबाट साँझ ७ः३० सम्म खुल्ला रहने छ । 

Advertisement