ललिता निवास प्रकरण: माओवादी मन्त्रीकै बहालवाला सचिव राउत पक्राउ

Advertisement

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । प्रहरीले राउतलाई आइतबार पक्राउ गरेको हो ।

ललिता निवास जग्गा प्रकरणमा सचिव राउत प्रकाउ परेका प्रहरीले जानकारी दिएको छ । हाल प्रहरीले यो प्रकरणमा धमाधम पक्राउ गरिरहेको छ ।

Advertisement

सचिव राउत कार्यरत रहेको मन्त्रालयले हाल माओवादीका नेता रेखा शर्माले सम्हालिरहेकी छिन् । सत्ता पक्षकै मन्त्रीको सचिव पक्राउ परेको हो ।​

ललिता निवास प्रकरणमा प्रहरीले ४ सय भन्दा बढी व्यक्तिलाई पक्राउ पूर्जी जारी गरिसकेको छ ।

Advertisement

Advertisement