अभिनेत्री सुरक्षा पन्त सिजी इलेक्ट्रिकको ब्रान्ड एम्बेसडर

Advertisement

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त चौधरी समूहको सिजी इलेक्ट्रिकको ब्रान्ड एम्बेसडर भएकी छन् । मोडलसमेत रहेकी पन्त र सिजी इलेक्ट्रोनिक्सका उपाध्यक्ष एससी साबूबीच सोसम्वन्धी सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर भएको हो । 

पन्तसँगको सहकार्यले ब्रान्डको उपस्थितिलाई अझ माथि उठाउने र यसको विविध उत्पादनलाई प्रवर्द्धन हुने सिजीको विश्वास छ । सम्झौताअनुसार पन्त सिजी इलेक्ट्रोनिक्सको प्रिन्ट र डिजिटल अभियान, सामाजिक सञ्जाल र सार्वजनिक उपस्थितिहरूमा प्रचारात्मक गतिविधिहरूमा संलग्न हुनेछिन् । 

Advertisement

Advertisement