क्यामोमाइल फूलः देउवालाई पनि प्रिय, चियाको रुपमा सेवन गर्दा स्वास्थ्यलाई पनि हितकर

Advertisement

काठमाडौं । धेरैलाई नयाँ लाग्ने क्यामोमाइल फूल तेल, औषधि अनि चियाका लागि  पनि प्रयोग हुँदै आएको छ । अरु मुलुकहरुमा यो फूलको चिया पिउने प्रचलन धेरै पहिलेदेखि चलिआए पनि नेपालमा पनि सुरु भएको छ । 

त्योभन्दा पनि क्यामोमाइल देवताको रोजार्इको फूल हो । नेपालमा २०४६ सालदेखि नेपाल जडिबुटी तथा प्रशोधन केन्द्रले क्यामोमाइल फूल उत्पादन सुरु गरेको हो । यो झार प्रजातिको एक वर्षीय वनस्पति हो । क्यामोमाइल फूल हरेको घरमा हुने भए पनि यसको महत्व र चियाको रुपमा व्यवसायिक खेती भने कम कृषकले मात्र गर्दै आएका छन् । 
 
यस्तो व्यवसायिक खेती गर्ने एक कृषक हुन कैलालीका शम्भु कुँवर । उनले अचिप फ्रुस प्रा.लि. नामक फर्मबाट क्यामोमाइल चियाको व्यवसायिक खेती गर्दै आएका छन् । कुँवरले विगत एक वर्षदेखि क्यामोमाइल चियाको व्यवसायिक खेती गर्दै आएका छन् ।

Advertisement

क्यामोमाइल फूल खासगरी नेवार समुदायले देवतालाई चढाउन प्रयोग गर्छन् । पूजाका लागि यो फूल नेवार समुदायका लागि अनिवार्य नै मानिन्छ । यो फूललाई कुँवरले आफ्नो आम्दानीको माध्यम बनाएका छन् । 

उनको कृषि फर्म एक सय कट्ठा क्षेत्रफलमा फैलिएको छ । असी लाख रुपियाँ लगानीमा सञ्चालनमा ल्याएको यो फर्ममा क्यामोमाइल फूलको उत्पादनसँगै विभिन्न स्वदेशी तथा विदेशी फलफूल, कालो धान, कालो गहुँको पनि उत्पादन गर्ने गरिएको छ । 

क्यामोमाइल खेतीको लागि आवश्यक अर्गानिक मलका लागि कुँवरले १० वटा गाई पालन आफै गरेका छन् भने तीन जनालाई प्रत्यक्ष तथा ३० जनालाई अप्रत्यक्ष रोगजारी पनि दिएका छन् । 

उद्यमी कुँवरले क्यामोमाइल फूलको चिया उत्पादन तीन किलो बीउबाट सुरु गरेका थिए । फूलको नयाँ खेती भएकाले परीक्षणको लागि ८० हजार रुपियाँ लगानी गरेर बीउ रोपेका थिए । पहिलो उत्पादनबाट यसको व्यवसायिकरुपमा खेती गरी लाभ लिन सकिन्छ भन्ने निष्कर्षमा उनी पुगे । 

कुँवरले क्यामोमाइल फूलबाट चिया उत्पादन गर्दा घाममा नसुकाई ओसिलो स्थानमा सुकाउनुपर्ने बताए । यस्तो चिया प्रतिकिलो दुई हजार पाँच सयदेखि तीन हजार रुपियाँसम्ममा बिक्री हुन्छ । क्यामोमाइल फूलको चिया बिक्रीबाट मासिक २० हजार रुपियाँभन्दा बढी नाफा हुने गरेको उनले बताए । फर्मबाट भने मासिक दुई लाख रुपियाँसम्म कारोबार हुने कुँवरले बताए । यस्तो फूलको उत्पादन पुसदेखि चैत्रसम्म मात्र हुने गर्छ  । 

क्यामोमाइल चिया ठूलो मात्रामा अन्तर्र्राष्ट्रिय बजारसम्म पुर्याउने योजनामा रहेका कुँवरले हाल क्यामोमाइल चिया काठमाडौंमा मात्र बिक्री गर्दै आएका छन् । महिनावारी हुँदा पेट र कम्मर दुख्ने समस्या कम गर्न, कोलस्टोर नियन्त्रण गर्न, थाइराइड, सुगर, मुटु रोगका बिरामीका लागि बढी उपयोगी यो चियाले रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत  गर्छ । 

Advertisement

Advertisement