एनआरएनए अष्ट्रेलियाको अध्यक्षका प्रत्यासी खरेलले काठमाडौंमा ‘अष्ट्रेलिया पार्क’ बनाउने

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाका अध्यक्ष डिला खरेलले काठमाडौंका ‘अष्ट्रेलिया पार्क’ निर्माण गर्ने घोषणा गरेका छन् । 

चुनावको मिति (जुलाई २९) नजिकिँदै गएको बेला चुनावी अभियानमा सक्रिय रहेका उनले अष्ट्रेलिया पार्क बनाउने प्रतिवद्धता जनाएका हुन् । नारा नै नेपाल र नेपालीलाई ‘दिने, दिने र दिने’ अभियान सुरुआत गर्ने बताएका खरेल प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन् । अहिले उनी र उनको टिमले अष्ट्रेलियाका विभिन्न ठाउँमा गएर अन्तरक्रिया, छलफल, गुनासो सुनुवाई गर्दै आएका छन् । 

Advertisement

खरेल भन्छन् ‘निस्वार्थ सेवा, समुदायमा एकता, साझा एनआरएनए, मेरो प्रतिवद्धता’का साथ म चुनावी अभियानमा छु । म आफूसँग भएको योग्यता क्षमता र सीपका आधारमा डायस्पोरामा रहेका मात्र नभइ नेपालमा पनि योगदान गर्न तयार छु ।’ उनले शिक्षा, स्वास्थ्य र परोपकारमा आफू केन्द्रीत हुने पनि बताए । 

चुनाव जितेर आएमा दुई वर्षको कार्यकालमा सबै कुरा पूरा हुने खरेलको दावी छ । नेपाली विद्यार्थीहरुको उत्कृष्ट रोजाईको गन्त्व्यका रुपमा रहेको अस्ट्रेलियाको बारेमा ‘स्टुडेन्ट ह्यान्ड बुक’ तयार पर्ने योजनामा रहेको उनले नेपालबाट अस्ट्रेलिया आउनुअगाडि अष्ट्रेलियाको बारेमा अभिभावक र विद्यार्थीले जानकारी हासिल गर्नुपर्ने बताए । 

अध्यक्षका प्रत्यासी खरेलले आफू युवा र विद्यार्थीलाई फोकस गरेरै अघि बढ्ने बताए । हरेक युवाको सफलता र समस्या आफ्नो पनि रहेको बताए । आफूले समस्या समाधानका लागि हरेक तहबाट सघाउने बताउँदै खरेलले उद्यमशील बन्नका लागि ‘आईडिया ब्याङ्किङ’को अवधारणा अघि बढाएर त्यसका आधारमा नेपाल र नेपालीको आर्थिक उन्नतीका लागि आफू निर्वाचित भएमा हातेमालो गर्न तयार रहेको बताए । 

उनले सबैसँगको सहकार्य गरेर आफू दृढ संकल्पका साथ चुनावी मैदानमा उत्रिएको बताउँदै आफ्नो जित सुनिश्चित रहेको बताएका छन् । खरेलले रोजगारी, व्यक्तिगत तथा पेशागत विकास जस्ता निश्चित विषयहरूमा एनसीसी अस्ट्रेलियाले प्रशिक्षण दिलाउने पनि बताए । 

Advertisement