एनआरएनए अष्ट्रेलियाको एनसीसी सदस्यका लागि चुनावी दौडमा आविष्कार पाण्डे

Advertisement

काठमाडौं । गैरआसीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाको राष्ट्रिय समन्वय समिति (एनसीसी) सदस्यका लागि आविष्कार पाण्डे चुनावी प्रतिस्पर्धामा होमिएका छन् । 

उनले आफ्नो दुई वर्षे योजना सार्वजनिक गर्दै चुनाव प्रचारप्रसार तीब्र बनाएका हुन् । यही आउँदो जुलाई २९ मा हुन लागेको अधिवेशनका लागि डिला खरेल, नविन पोखरेल र देव गुरुङ नेृतृत्वको तीन वटा प्यानल प्रतिस्पर्धामा छन् ।  

Advertisement

विगत एक दशकदेखि ब्रिस्बेनमा बस्दै आएका पाण्डे विभिन्न सामाजिक संस्थामा नजिक रहेर नेपाली समुदायको हितका क्रियाशील रहँदै आएका छन् । उनले एनआरएनएमा रहेर आफ्नो मातृभूमिका लागि थप केही गर्नुपर्छ भन्न सोचका लागि एनसीसी सदस्यमा उम्मेदवारी दिएको बताए । 

नेपाली समाजलाई दुःखमा साथ दिने व्यक्तिको रुपमा चिनिएका पाण्डे विगत डेढ दशकदेखि अष्ट्रेलियामा क्रियाशील छन् । अहिलेसम्म उनले विभिन्न संस्थाहरुमा आवद्ध भएर आफ्नो भूमिका निर्वाह गर्दै आएका छन् । 

पाण्डे भन्छन्, ‘थप जिम्मेवारी बोकेर नेपाली समुदायको सेवा गर्ने अठोट पूरा गर्न सबैको सहयोगको अपेक्षासहित चुनावी अभियानमा जुटेको छु । उनले अग्रजहरुसँगको सल्लाहपछि आफूले उम्मेदवारी दिने निर्णय गरेको बताउँदै सकेसम्म सबैको सहयोग र सर्वस्वीकार्यका लागि आफूले पहल गरेको बताए । 

निष्पक्ष निर्वाचनमा आफ्नो कुनै विमति नरहेको पाण्डेको भनाई छ । उनले विगतमा रहेका अस्वस्थ प्रतिस्पर्धा र होडबाजी अन्त्य गर्दै आउने दिनमा सभ्य नेपाली समाज निर्माण गर्न भूमिका खेल्ने आफ्नो उद्देश्य रहेको बताए । पाण्डेले विमानस्थलसम्म पुगेर नयाँ विद्यार्थीहरुलाई बसोबासस्थलसम्मै पुर्याउने, युवा विद्यार्थीहरुको संस्थामार्फत नेपालमा सहयोग गर्ने, खेलकुद क्लबहरुमा संलग्न रहेने, भिजिट नेपाल अभियानमा जोडिएर काम गर्दै आएको सुनाए । 

अष्ट्रेलियाका धेरै नेपालीमाझ परिचित उनले एक पटक आफू एक परिक्षार्थीका रुपमा उभिएको बताए । उनले आफू विजयी हुनेमा विश्वस्त रहेको पनि बताए । पाण्डे अष्ट्रेलियामा घरजग्गा व्यवसायमा संलग्न छन् । 

Advertisement

Advertisement