मकै पोल्दै बेच्ने बालकलाई पढ्न मन छ, तर पैसा छैन्

Advertisement

काठमाडौं । रातको ८ बजिसकेको छ । तारकेश्वरको मनमैजु मन्दिर नजिकै ठेलामा चटपट बनाउँदै बेच्दै थिइन् एक महिला । उनकै नजिक करिव १०–१२ मिटर पर करिव १२–१५ बर्षका एक बालक हरियो मकै पोलेर बेच्न बेस्त देखिन्छन् । 

नजिकै गएर मैले सोधें ‘नाम के हो भाई ?’ 
‘बबित श्रेष्ठ’ 
‘घर कहाँ हो नि ?’ 
‘रामेछाप’ उनले छोटो उत्तर दिए । 
‘कति बर्षको भयौं अहिले ?’ 
‘१५’ 

Advertisement

पूरानो रातो टि–सर्ट, ट्राउजर र चप्पलमा रहेका बबित श्रेष्ठलाई खोतल्दै जाँदा उनी मनमैजुमा परिवारसँग डेरामा बस्दा रहेछन् । जीवनयापनका लागि मकै पोल्दै आएका । हुनेखानेका छोराछोरी भए यी बालक टाई लगाएर निजी विद्यालयको महंगोमा पढिरहेका हुन्थे । तर उनलाई सो अवसर भाग्यले जुराएन् । सोही कारण परिवारको दुःखको सहयात्री बनेका छन् । 
  
‘डेरा बसेको धेरै भयो । म सानो हुँदा नै ममिले काठमाडौं ल्याउनु भएको हो’ उनले भने । आमा र दिदीसँग बस्दै आएका बबितलाई काठमाडौं आएको कति बर्ष भयो ? थाहा छैन् । उनलाई थाहा छ त ‘पेट पाल्न मकै पोल्नुपर्छ । काम गर्नुपर्छ ।’ 

बबितकी आमा दुई–तीन वटा घरमा भाँडा माज्ने काम गर्छिन । दिदी भत्तmपुरको एक कारखानामा काम गर्छिन् । आमाले र दिदीको कमाईले कोठा भाडा तिर्न र खान पनि कठिन हुन्छ । पढ्न स्कुल जानसक्ने अवस्था नै छैन् । 

परिवारको विषम आर्थिक अवस्थाका कारण कक्षा सातसम्म पढेर छोडेका उनले मकै पोलेर बेच्दै दैनिक एक–दुई सय रुपियाँ कमाई गर्छन्, जुन कमाईले काठमाडौंको महंगीमा कुनै अर्थ राख्दैन् । जम्मा भएको पैसाले भोलि मकै किन्नुपर्छ । दाउरा पनि किन्नुपर्छ’ बबितले सुनाए । 

‘पढ्न जानु पर्दैन् ?’ भनेर सोध्दा उनी भन्छन्, ‘मन छ पढ्न त । ममि र दिदीसँग पढाउने पैसा छैन् ।’ सरकारी विद्यालयमा पढन् निःशुल्क भनिए पनि नदेखिने खालको थुप्रै खर्च हुन्छ, जुन एउटा न्यून आयस्तरको परिवारका लागि व्यवस्थापन गर्न सहज छैन् । त्यसमाथि यस्तो परिवारलाई आफ्नो सन्तानले पढ्नेभन्दा पनि दुई–चार पैसा कमाइदिए राहत महशुस गर्नुपर्ने बाध्यता हुन्छ । कापी, कलम, झोला, जुत्ता जुटाउन नसकेकाले पढाई छोड्नुपरेको उनले आफ्नो विगत सुनाए । 

अहिलेका ठूला दलहरुले जनताले बनाएको भनेर ल्याएको संविधानमा शिक्षालाई मौलिक हकको रुपमा राखेको छ । बालश्रम निशेष गरेको छ । तर त्यो केवल संविधानको पानामा सीमित छ । अहिले नेपालमा तीन खाले सरकार पनि छन् । तर तिनको ध्यान कमजोर बर्गप्रति कहिल्यै ध्यान पुग्न सकेको छैन् ।  

Advertisement