मुक्तिनाथ, गरिमा र शाईन रेसुङ्गा विकास बैंकको नाफा बढ्दा अरु पाँचको घट्यो (सूचीसहित)

Advertisement

काठमाडौं । राष्ट्रिय स्तरका आठ विकास बैंकमध्ये मुक्तिनाथ विकास बैंकले सबैभन्दा बढी नाफा कमाएको छ ।

गएको वर्षको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार मुक्तिनाथले १ अर्ब ३६ करोड नाफा कमाएको हो । 

Advertisement

त्यसैगरी गरिमा विकास बैंकले १ अर्ब २१ करोड नाफा कमाउँदा शाईन रेसुङ्गाले ७८ करोड ६८ लाख नाफा कमाएको छ । यी तीन बैंकले अघिल्लो वर्षभन्दा गएको वर्ष क्रमशः १.६४, १८.१९ र २१.२९ प्रतिशतले नाफा बढाएका छन् । 

नाफा प्रतिशत बढाउनेमा शाईन रेसुङ्गा पहिलो भएको छ । बाँकी ५ वटा बैंकले अघिल्लो वर्षभन्दा गएको वर्ष नाफा घटाएका छन् । 

सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको ४७.९५ प्रतिशतले नाफा घटेको छ । कामना सेवा, ज्योति, लुम्बिनी र सांग्रिलाको क्रमशः २६.९३, ०.६, ३.८८ र ३४.८० प्रतिशतले नाफा घटेको छ । 


  
 

Advertisement