विदेशी विनिमय कारोबारमा नयाँ व्यवस्था, राष्ट्र बैंकले जारी गर्यो यस्तो परिपत्र

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी बिनिमय कारोबार गर्न इजाजत प्राप्त निकायहरुलाई जारी गरिएको एकीकृत परिपत्र २०७९ मा संशोधन गर्दै नयाँ व्यवस्था थप गरेको छ । 

राष्ट्र बैंक विदेशी बिनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेलले सोमबार साँझ नयाँ परिपत्र जारी गरेका हुन् । 

Advertisement

राष्ट्र बैंकले भारत तथा अन्य मुलुकबाट हुने आयातलाई केही खुकुलो बनाउने गरी विदेशी विनिमय कारोबारमा नयाँ व्यवस्थाहरु गरेको हो ।

साथै परिपत्र मार्फत सूचना प्रविधिलगायतका सेवा निर्यात गर्ने उद्योग तथा व्यवसायलाई उपलब्ध हुने विदेशी मुद्रा सुविधा प्राप्त गर्न ७ बुँदे सर्त अघि सारिएको छ ।

 

Advertisement

Advertisement