वाणिज्य बैंकहरुमा ९ अर्ब निक्षेप घट्यो, अन्तरबैंक ब्याजदर र सीडी रेसियो कति ?

Advertisement

काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप ९ अर्ब घट्दा कर्जा लगानी भने २ अर्बले बढेको छ ।   

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुमा साउन २४ गते बुधबार निक्षेप ४९ खर्ब ३० अर्बमा झरेको छ । अघिल्लो दिन गत मंगलबार ४९ खर्ब ३९ अर्ब थियो । 

Advertisement

त्यस्तै गत बुधबार बाणिज्य बैंकहरुको कर्जा लगानी बढेर ४२ खर्ब ९२ अर्ब पुगेको छ । अघिल्लो दिन ४२ खर्ब ९० अर्ब थियो । 

त्यस्तै गत बुधबार समग्र बैंकिङ प्रणालीमा कूल ५६ खर्ब निक्षेप हुँदा अघिल्लो दिन ५६ खर्ब ८ अर्ब थियो । त्यस्तै बुधबार कूल कर्जा लगानी ४८ खर्ब ५२ अर्ब छ भने अघिल्लो दिन ४८ खर्ब ५१ अर्ब थियो ।

अन्तरबैंक ब्याजदर बढेर ५.६७ प्रतिशत पुगेको छ । अघिल्लो दिन ५.३१ प्रतिशत थियो ।

सीडी रेसियो बढेर ८३.५९ प्रतिशत कायम भएको छ भने अघिल्लो दिन गत मंगलबार ८३.४६ प्रतिशत थियो । 

Advertisement

Advertisement