एमजीले ल्यायो साउन २६ देखि भदौ २४ गतेसम्म एक्सचेन्ज अफर

Advertisement

काठमाडौँ । एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले एक्सचेन्ज अफर ल्याएको छ । 

आफ्नो १००औं वार्षिकोत्सवको अवसरमा एमजीले यो एक्सचेन्ज अफर ल्याएको हो । यस अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि पुरानो गाडीको सट्टामा नयाँ एमजी जेडएस ईभी घर लैजान सक्नेछन् । 

Advertisement

पारामाउन्ट मोटर्सका प्रतिनिधिले भने, ‘एमजी मोटर्सको १०० औं वार्षिकोत्सवको अवसरमा हामीले यो अफर ल्याएका छौँ । हामीलाई यहाँसम्म आइपुग्न नेपाली ग्राहकहरुले दिनुभएको साथ र विश्वासको अघि हामी सदैव आभारी छौँ ।’

साउन २६ देखि भदौ २४ गतेसम्म लागु हुने अफर बनेपा, नारायणगढ, धनगढी, दाङ, बुटवल, भैरहवा, बिर्तामोड, जनकपुर, पोखरा, वीरगन्ज, विराटनगरस्थित डिलरहरुमा उपलब्ध हुनेछ । यस अवधिमा ग्राहकहरुले आफ्नो पुरानो गाडीको उच्चतम मूल्याङ्कन प्राप्त गरी अधिकतम लाभ उठाउन सक्नेछन् ।
 

Advertisement