जुलेबी र हिंड्दा हिंड्दै आजबाट प्रदर्शनमा, भदौभित्रै अरु थुप्रै फिल्म प्रदर्शनमा आउने

Advertisement

काठमाडौं । हलहरुमा आज शुक्रबारबाट दुई नयाँ चलचित्र एकै पटक प्रदर्शनमा आएका छन् । चलचित्र जुलेबी, हिंड्दा हिंड्दै आजबाट प्रदर्शनमा आएका हुन् । 

गणेशदेव पाण्डे निर्देशित फिल्म जुलेबीलाई ड्रामा र रोमान्समा छुट्टाइएको छ । राजधानीको रत्नपार्कमा भेटिएका ६ जना अपरिचित पात्रको सम्बन्ध र उनीहरुको कथाव्यथा यसमा समावेश गरिएको छ । 

Advertisement

जुबेलीमा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा र सुशील सिटौला शीर्ष भूमिकामा छन् । 

त्यस्तै, ‘हिंड्दा हिंड्दै’ फिल्मलाई मिलन आलेमगरले निर्देशन गरेका हुन् । रोमान्टिक कथामा आधारित यो फिल्ममा आकाश श्रेष्ठ, सलोन बस्नेत, रेखा शाह, सानिया खान र भोला सापकोटाको प्रमुख भूमिका देखिन्छ । 

साउनमा खाली जस्तै देखिएका नेपाली सिनेमा हलहरु आजबाट नेपालीसँगै विदेशी चलचित्र समेत प्रदर्शन आएसँगै भरिभराउ भएका छन् । आउँदो भदौ ८ गते जय हो र महानगर प्रदर्शनमा आउने तयारीमा छन् भने भदौ १४ गते गणपति र ऐंचोपैंचो, भदौ २९ गते नाङ्गे गाउँ र एक भागवत गीता प्रदर्शनमा आउने बताइएको छ ।

आजैबाट बलिउड चलचित्र घुमर, हलिउडको सुपरहिरो फिल्म ‘ब्लु बिटल’ र ‘हन्टिङ अफ द क्विन म्यारी’ पनि प्रदर्शनमा आएका छन् । 

Advertisement