औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्षका लागि १० जनाको आवेदन (नामावलीसहित)

Advertisement

काठमाडौं । औद्योगगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्ष बन्नका लागि १० जनाले आवेदन दिएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले साउन २५ गते खुलाएको विज्ञापन अनुसार १० जनाको आवेदन परेको हो । खुला प्रतिस्पर्धाबाट नियुक्त गरिने अध्यक्ष पदको लागि पोखराका बाबुराम पन्त, काठमाडौंका नेपालभुषण वैद्य, धनुषाका राजकुमार मण्डलले आवेदन दिएका छन् ।

Advertisement

यस्तै गुल्मी धुर्कोटका लुमकान्त भण्डारी, झापाका प्रकाश खड्का, काठमाडौंका निर्मलप्रसाद कोइराला पर्साका उमेशकुमार गुप्ता बझाङका गोरखराज जोशी, काठमाडौंकी सुमि देव र रामेछापका ज्ञानेन्द्रबहादुर राउत रहेका छन् ।

आवेदन परेका मध्येबाट छनोट समितिले अन्तर्वार्ता र व्यावसायिक योजनाको आधारमा उत्कृष्ट तीन जनाको नाम उद्योग सचिव मुकुन्दप्रसाद निरौला समक्ष सिफारिस गर्नेछन् । जसअनुसार सचिवले उद्योग मन्त्री रमेश रिजाललाई ब्रिफिङ गरी मन्त्रिपरिषदमा पेश गर्नेछ । मन्त्रिपरिषदले एक जनालाई अध्यक्षको जिम्मेवारी प्रदान गर्नेछ ।

Advertisement

Advertisement