भन्सार महसुल संकलनमा सुधारः गतवर्षभन्दा आयात घट्यो, राजश्व बढ्यो !

Advertisement

काठमाडौं । भन्सार महसुल संकलनमा केहि सुधार देखिन थालेको छ । चालु वर्षको पहिलो महिनामा आयात घटेपनि राजस्व संकलन बढेको देखिएको हो ।

चालु आर्थिक वर्ष २०८०/८१ को साउन महिनामा १ खर्ब २९ अर्बको आयात भएको छ । यो आयातबाट राज्यले ३२ अर्ब २३ करोड राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको तथ्यांकसँग तुलना गर्दा महसुल संकलनमा सुधार देखिएको हो ।

Advertisement

गत आर्थिक वर्ष २०७९/८० मा को पहिलो महिना साउनमा १ खर्ब ३१ अर्बको आयात भएको थियो । जसबाट सरकारले ३१ अर्ब ९६ करोड राजस्व संकलन भएको थियो। यसरी हेर्दा गतवर्ष भन्दा २ अर्ब कम आयात हुदाँ भनि २७ करोड बढि राजस्व संकलन भएको हो ।

भन्सार महसुल चुहावट रोक्न आफू लागि परेको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए । पौडेलले भने, ‘भन्सार महसुल बढाउनका लागि कडाईका साथ निगरानी बढाइएको छ, जसमा कर्मचारीहरुमाथी पनि निगरानी छ, कतै कहिबाट सूचना आए तत्काल कारबाही प्रकैया अघि बढाउँछौं ।’

कर्मचारीमाथी नै कडाई गर्दा एक सुख्खा भन्सार बन्दरगाहाका एक शाखा अधिकृतले जागिर नै छाडेर घर हिडेको महानिर्देशक पौडेलले बताए । भन्सार महसुल चुहावट आशंकमा अनुसन्धान अघि बढाउँदा ती अधिकृतले राजिनामा नै दिएर हिडेका हुन् ।

चालु वर्ष मुख्य राजस्व संकलन हुने वस्तु पेट्रोलियम पदार्थको आयात घटेको छ । गतवर्ष पहिलो महिना ७६ हजार ७१६ किलोलिटर आयात भएकोमा यो वर्ष ६५ हजार १ सय ८६ किलोलिटर मात्रै आयात भएको छ । यसैगरी पेट्रोलको आयात पनि घटेको छ । गतवर्ष ५६ हजार ९०१ किलोलिटर पेट्रोल आयात भएकोमा यो वर्ष ५४ हजार ५४ हजार ७०४ किलोलिटर पेट्रोल आयात भएको छ ।

सरकारले विद्युतीय गाडीलाई प्रोत्साहन गरी पेट्रोलियम गाडीलाई निरुत्साहित गर्दा इन्धनको खपतमा पनि असर देखिन थालेको छ । यसको असर पेट्रोलियम पदार्थको खपतमा देखिएको हो। पेट्रोलिय पदार्थको आयातबाट मात्रै गत वर्षको तुलनामा २० करोड कम राजस्व संकलन भएको छ ।

यो वर्ष पाम तेल, सोयाबिन तेल, भटमासको तेल आयातमा पनि गिरावट आएको छ। गत आर्थिक वर्षको साउन महिनामा क्रुड पाम तेल धेरै आयात हुने बस्तुको चौथो नम्बरमा रहेको थियो। तर चालु वर्ष निक्कै कम मात्रामा आयात भएको छ । गतवर्ष सरकारले यस्ता वस्तु आयातमा ९० प्रतिशत राजस्व छुट दिएको थियो। तर यो वर्ष सो छुटलाई हटाइएको छ । यसकारण ती वस्तुहरुको आयात घटेको छ ।

 भन्सार महसुलमा अपेक्षित नतिजा हासिल गर्न नसकेपछि विभागले नयाँ सन्दर्भसूचि तयार गरी लागू गरेको छ । यसैगरी भन्सार नाकामा मनपरी गर्ने कर्मचारीहरुको सरुवा समेत गर्ने गरिएको छ ।  

 

Advertisement

Advertisement