शाइन रेसुङ्गा बैंकले ल्यायो  ‘फण्ड ट्रान्सफरमा मोबाइल हातमा’ अफर

Advertisement

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्टआईपीएससंगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ प्रयोगकर्ताहरुका लागी ‘फण्ड ट्रान्सफरमा मोबाइल हातमा’ अफर सार्वजनिक गरेको छ । 

सो अफर अन्तर्गत दुई जना भाग्यशाली मोवाइल बैकिङ्गको प्रयोगकर्ताले शाइन रेसुङ्गाको मोबाइल बैकिङ्ग एपबाट कनेक्टआईपीएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् । 

Advertisement

सो अफर भदौ १५ गतेदेखि असोज १४ गतेसम्म लागु हुनेछ । मोवाइल बैकिङ्ग एपमा उपलब्ध कनेक्टआईपीएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्ने दुई जना प्रयोकर्ताहरुलाई अफरको अन्त्यमा विजेता घोषणा गरिनेछ । सोको जानकारी शाइन रेसुङ्गाको आधिकारिक सामाजिक सञ्जालमा प्रकाशन गरिने छ । 

बैंकका ३ लाख भन्दा बढि मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरु रहेका छन् ।  बैंकले हाल ८८ वटा शाखा कार्यालय, १ वटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम नेटवर्क मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

Advertisement

Advertisement