कांग्रेसका सहमहामन्त्रीमाथि राजधानीमै खुकुरी प्रहार

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ। आज बुधबार दिउसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब बाहिर उनीमाथि खुकुरी प्रहार भएको हो ।

उनलाई उपचारका लागि अहिले राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको प्रहरीले जनाएको छ । रिपोर्टस क्लबको कार्यक्रममा बोलेर बाहिर निस्किएका यादवमाथि खुकुरी प्रहार भएको हो । उनको टाउकोमा चोट लागेको छ ।

Advertisement

यादवमाथि खुकुरी प्रहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नुवाकोट घर भएका श्यामबाबु सापकोटालाई पक्राउ गरिएको हो । आक्रमणको कारण भने खुल्न सकेको छैन् । 

Advertisement