बन्द अडतालको अधिकारसहित निजामति ऐन नआए सिंहदरभित्र सरकारी कर्मचारीले आन्दोलन गर्ने

Advertisement

काठमाडौं । निजामति कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष उत्तमकुमार कटुवालले नयाँ निजामति ऐन कर्मचारीमैत्री नआए सिंहदरबारभित्रै आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

शुक्रवार सिंहदरबारमा २० औं निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले ऐनमा ट्रेड युनियन अधिकारलाई खुम्च्याउने प्रयास भएको कुरा सुनिएको भन्दै आफूहरुको अधिकार छाँटकाँट गर्नेकुरा किमार्थ स्वीकार्य नहुने बताए । 

Advertisement

उनले संघ, प्रदेश, स्थानीय तीन तहमै फराकिलो वृद्धि विकास सहितको कर्मचारीमैत्री निजामति ऐन ल्याउन प्रधानमन्त्रीलाई सुझाव दिए । कटुवालले २०७५ सालमा समायोजन कर्मचारीको पक्षमा नभएको भन्दै एक पटकलाई संघ, प्रदेश, स्थानीय तीन तहमै समायोजन रोज्न सबै कर्मचारीलाई दिनुपर्ने बताए । 

उनले बन्द हड्ताल सहितको ट्रेड युनियन अधिकार हामीले प्राप्त गरेको भन्दै आफूहरुको अधिकार जस्ताको त्यस्तै आउनुपर्ने बताए । कटुवालले अहिले संघ, प्रदेश, स्थानीय तीन तहकै श्रेणिबिहीन कर्मचारीको व्यवस्था र खरिदारबाट हुने व्यवस्थालाई यथावत राखि नासुबाट अधिकृत हुने व्यवस्थालाई ५० प्रतिशत राख्नुपर्ने बताए । 

उनले भने, ‘संघ, प्रदेश, स्थानीय तीन तहमै फराकिलो वृद्धि विकास सहितको कर्मचारीमैत्री संघीय निजामति ऐन आओस् भन्ने प्रधानमन्त्री, सामान्य प्रशासनमन्त्री र मुख्यसचिवज्युसँग आग्रह गर्दछु । २०७५ सालमा समायोजन बिग्रिएको थियो, समायोजन कर्मचारीको पक्षमा भएको थिएन, एक पटकलाई संघ, प्रदेश, स्थानीय तीन तहमै समायोजन रोज्न सबै कर्मचारीलाई दिनुपर्छ । र समायोजन रिभ्यु हुनुपर्छ । बन्ध हड्ताल सहितको ट्रेड युनियन अधिकार हामीले प्राप्त गरेका छौँ, यो अधिकार जस्ताको त्यस्तै रहनुपर्छ । अहिले संघ, प्रदेश, स्थानीय तीन तहकै श्रेणिबिहीन कर्मचारीको व्यवस्था र खरिदारबाट हुने व्यवस्थालाई यथावत राखि नासुबाट अधिकृत हुने व्यवस्थालाई ५० प्रतिशत राख्नुपर्छ । यो ट्रेड युनियन सञ्जालको कुरालाई म प्रधानमन्त्रीज्यु लगायत सम्पूर्ण मञ्चमा आसिन अग्रजहरुलाई सामान्य प्रशासनमन्त्री र मुख्यसचिवज्युको गम्भीर ध्यानाकर्षण गराउँछु । राज्यले अहिले संघीय निजामति ऐन आज दर्ता हुने कुरा छ । ऐनमा कताकता ट्रेड युनियन अधिकारलाई खुम्च्याउने कुरा सुनिँदै छ । यस्ता विषय नहोस् । छाँटकाँट भएको कुरा सुनिन्छ, यो कुरा ट्रेड युनियनलाई किमार्थ स्वीकार्य हुँदैन ।’

Advertisement

Advertisement