सिटिजन्स बैंकका ग्राहकले भारत स्थित अपोलो हस्पिटलको सेवामा छुट पाउने

Advertisement

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित अपोलो हस्पिटलबीच बैंकका कार्डवाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १० प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

अपोलो हस्पिटलका भारतको बिभिन्न ९ स्थानमा रहेका हस्पिटलका नेटवर्कहरुमा यो छुटको व्यवस्था लागू हुनेछ । उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  गणेशराज पोखरेल तथा अपोलो हस्पिटलका भाइस प्रेसिडेन्ट–डा। कात्र्तिक अनन्थरामनले हस्ताक्षर गरेका छन् ।

Advertisement

बैंकको भारत स्थित हस्पिटल्सहरुसंगको यो दोस्रो सम्झौता हो । यसअघि बैंकले भारत स्थित मेदान्त– द मेडिसिटि अस्पतालसंग बैंकका कार्डवाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरुले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेका छन् । आगामी दिनहरुमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ । यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले पाउनेछन् । 

बैंकले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र  ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ४५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । 

Advertisement