दुई महिना ३ दिनमा सरकारको प्राप्ती १ खर्ब ५९ अर्ब, खर्च १ खर्ब ३६ अर्ब

Advertisement

काठमाडौं । सरकारले  २ महिना ३ दिनमा १ खर्ब ५९ अर्ब प्राप्ति गरेको छ । कर, गैरकर अनुदान अन्य प्राप्ति शीर्षकमा सरकारले सो बराबर रकम प्राप्ति गरेको हो ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार सरकारले सबैभन्दा धेरै कर शीर्षकमा १ खर्ब ३२ अर्ब संकलन गरेको छ । यस्तै गैरकर शीर्षकमा  १३ अर्ब २६ करोड संकलन भएको छ । अनुदान शीर्षकमा हालसम्म सरकारले कुनै रकम पाउन सकेको छैन । अन्य शीर्षकमा १३ अर्ब २७ करोड प्राप्ति गरेको छ ।

Advertisement

यो अवधिमा सरकारले १ खर्ब ३६ अर्ब खर्च गरेको छ । जसमा सबैभन्दा धेरै चालु शीर्षकमा ९२ अर्ब ५० करोड खर्च भएको छ । विकास खर्चतर्फ ८ अर्ब ४९ करोड खर्चिएको छ। यसैगरी वित्तिय व्यावस्थातर्फ ३५ अर्ब ३१ करोड खर्च भएको छ । 

गत आर्थिक वर्ष २०७९/८० को तुलनामा यो वर्ष सरकारले कम रकम जम्मा गरेको छ । गत वर्षको तुलनामा ५ अर्ब ९९ करोड कम संकलन भएको हो ।

Advertisement