बेइजिङमा नेपाल–चीन ‘बिजनेस समिट’ हुने, १२० वटा चिनियाँ कम्पनी सहभागी हुने

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सीसीपीआईटी)को संयुक्त आयोजनामा बेइजिङमा नेपाल–चीन बिजनेस समिट हुने नेपाल उद्योग बाणिज्य महासंघले जनाएको छ । 

द्धिपक्षीय व्यापार प्रवद्र्धन र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले उक्त समिट आयोजना हुन लागेको हो । समिट सेप्टेम्बर २४ आइतबार सीसीपीआईटीको मुख्यालय बेइजिङमा आयोजना हुनेछ । 

Advertisement

उक्त समिटमा प्रधानमन्त्री दाहालले पनि बोल्ने कार्यक्रम छ । एक सय २० जना चिनियाँ कम्पनीको सहभागिता रहने जनाइएको सम्मेलनमा नेपालका तर्पmबाट महासंघ पदाधिकारी सहित करिब ५० जना व्यवसायीले सहभागिता जनाउँदैछन् । 

समिटमा चीन सरकारका उच्च पदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी नेपाली उच्च अधिकारीहरुको पनि सहभागिता रहनेछ । उक्त सम्मेलन पूर्व बिजनेस टु बिजनेस बैठक पनि राखिएको महासंघको भनाई छ ।

Advertisement

Advertisement