अर्थ मन्त्रालयले एकै वर्षमा दियो झण्डै १९ अर्ब कर छुट, सबैभन्दा बढी भ्याट, अरुमा कति ?

Advertisement

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८–७९ करदातालाई १८ अर्ब ८० करोड ३९ लाख बराबरको कर छुट दिएको छ । आन्तरिक राजश्व विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सबैभन्दा धेरै करदातालाई मूल्य अभिवृद्धि कर (भ्याट) छुट दिएको हो । 

मन्त्रालयले यो शीर्षकमा सात अर्ब ८४ करोड ५७ लाख कर छुट दिएको हो । यस्तै कुटनैतिक मूल्य अभिवृद्धि कर फिर्तातर्फ २३ करोड रुपियाँ छुट दिएको छ । 

Advertisement

आयकरको विभिन्न शीर्षकमा मन्त्रालयले १० अर्ब ७२ करोड ८२ लाख छुट दिएको छ । आयकर ऐन २०५८ को दफा ११ बमोजिमको व्यवसायिक छुट तथा सुविधाहरुमा छ अर्ब ३४ करोड छुट दिएको छ । सोही ऐनको दफा ६४ बमोजिमको अवकाश कोष कर छुटमा एक अर्ब १८ करोड कर छुट दिइएको छ । 

यसैगरी आर्थिक ऐन २०७९ को दफा ६४ बमोजिमको कोभिड १९ को छुट तथा सहुलियत सुविधामा तीन अर्ब २० करोड छुट दिएको छ डे०१ आय विवरण बुझाउने करदातालाई ७५ प्रतिशत कर छुटबाट दुई अर्ब १३ करोड छुट दिएको छ । 

कारोबार रकमको आधारमा कर बुझाउने करदातालाई ५० प्रतिशत कर छुटबाट ७९ करोड १५ लाख छुट दिइएको छ। होटल यातायात पर्यटन व्यावसाय एक करोडभन्दा बढिको कारोबारमा लाग्ने करमा २७ करोड ११ लाख कर छुट दिएको छ । 

अर्थ मन्त्रालयले आर्थिक ऐन तथा अन्य सुविधावापत दिएको कर छुटको हरहिसाब राख्न सुरु गरेको हो ।

undefined 

 

Advertisement